२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फोहोरका गाडी रोक्न स्थानीयबासी गुलेली लिएर डाँडामा

फाइल तस्बिर

बञ्चरेडाँडामा आज पनि बिहानैबाट स्थानीयले फोहोर बोकेको गाडी रोकेका छन्। अहिले फोहोर बोकेर गाएका गाडीहरू सिसडोलसम्म पुगेका छन्। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धले आज नुवाकोटबाट प्रहरी परिचालन गरी फोहोर व्यवस्थापन गर्ने बताए।  

यता नेकपा माओवादी केन्द्र धुनिवेशी नगरपालीका १, धादिङका अध्यक्ष विष्णु तामाङले फोहोरका गाडी बञ्चरेडाँडा लगे जे पनि हुन सक्ने बताए। उनले भने,'फोहोर बोकेका गाडीहरु अहिले सिसडोल ल्याएर राखिएको छ। आज पनि प्रहरी, प्रशासन नै राखेर फोहोर ल्याउने कुरा छ। प्रहरीले दमन गरेर फोहोर ल्याए भने जे पनि हुन सक्छ। हामी सबै स्थानीयहरू डाँडाडाँडामा गुलेली लिएर बसिरहेका छाैं।'

उनले बञ्चरेडाँडाका जनताहरू फोहोरबाट पीडित भएको १७ वर्षसम्म झुलाई रहने काम मात्र भएकाले फोहोरको समस्या सदाका लागि अन्त्य हुनुपर्ने बताए।  

सोमबार काठमाडौं, धादिङ र नुवाकोट गरी तीन जिल्लाका २५० जना प्रहरी परिचालन गरेर २०३ ट्रक फोहोर विसर्जन गरिएको थियो। फोहोरमा अवरोध गर्ने आन्दोलनमा स्थानीय सत्तारुढ दलका नेता कार्यकता पनि स्थानीयसँग एकजुट भएका छन्। 

प्रकाशित: ३१ श्रावण २०७९ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App