८ वैशाख २०८१ शनिबार
समाज

नेपालमा १ महिना नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ। नेपाली सेनाको मुख्यालय जंगी अड्डाका अनुसार दुई देशका सेनाबीच एक महिना सैन्य अभ्यास हुने भएको हो।

दुई देशका सेनाबीच एक महिना हुने सैन्य अभ्यासमा नेपालको रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडी सहभागि हुनेछन्। उक्त सैन्य अभ्यासमा नेपाली सेनाको तर्फबाट ८० र अमेरिकी सेनाको तर्फबाट १६ गरी ९६ जनाको सहभागि रहने जंगी अड्डाले जनाएको छ। सैन्य अभ्यासका लागि अमेरिकी सेना सोमबार नेपाल आईपुगेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: ३० श्रावण २०७९ १४:१६ सोमबार

नेपाली सेना अमेरिकी सेना