४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी सुरक्षासहित बञ्चरेडाँडामा फोहोर पुन: फाल्न थालियो

राजधानीबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई अवरोध हुन नदिन प्रहरीले सुरक्षा टोली परिचालन गरे पुन: फोहोर फाल्ने काम सुरु गरेकाे छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी रूपक खड्काका अनुसार नुवाकोट, धादिङका  स्थानीय प्रहरी र सुरक्षा पोस्ट काठमाडौंबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली परिचालन गरी फोहोर फाल्ने काम पुन: सुरु भएको हो। 

खड्कका अनुसार फोहोरको गाडीमा भएको अवरोध हटाउन २ सय जना प्रहरी टोली परिचालन गरिएको थियो। 'अहिले फोहोर फाल्ने काम भैरहेकाे छ, बिहानको समयमा ८र९ जना जम्मा भई फोहोर व्यवस्थापनमा अवरोध भैरहेको थियो अहिले प्रहरी टोली परिचालान गरेपछि अवरोध हटेको छ' उनले भने।

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न गएका गाडीहरु राजनीतिक दल र केही स्थानीय वासिन्दाहरुले धुनिबेंसी–१ मा बिहानैदेखि अवरोध गरेका थिए।

प्रकाशित: ३० श्रावण २०७९ १०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App