१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

चितवनमा नहरमा खसेर ६ वर्षीया बालिकाको मृत्यु

चितवनमा सिँचाइको नहरमा परी ६ वर्षीया बालिकाको मृत्यु भएको छ। घर अगाडि रहेको सिँचाई नहरमा खेल्ने क्रममा खसेर रत्ननगर नगरपालिका वडा नम्बर १६की संस्कृति केसीको मृत्यु भएको हो।

उनी आज (आइतबार) बिहान १० बजेको समयमा नहरमा खसेकी थिईन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, उनलाई नहरले बगाएर करिव ३ किलोमिटर तल पुर्‍याएको थियो। सेवा केन्द्र टोल नजिकै नहरमा अचेत अवस्थामा भेटिएकी भेटिएकी बालिकालाई प्रहरीले रत्ननगरको गुञ्जमानसिंह अस्पतालमा पठाएको थियो। 

तर, त्यहाँ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए। उनको शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल ल्याइएको छ।

प्रकाशित: २९ श्रावण २०७९ १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App