१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातबाट निधन

जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत प्रशासकीय अधिकृत बालवीर ठाकुरको गएराति हृदयाघातबाट निधन भएको छ। महोत्तरीको गौशाला नगरपालिका निवासी ४५ वर्षीय प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातका कारण निधन भएको धनुषा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।  

गएराति घरमा सुतेकै अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको प्रजिअ पौडेलले बताए। गत २०७८ मङ्सिर महिनादेखि ठाकुर जिल्ला प्रशासन कार्यालयमा थिए।  

प्रकाशित: २५ श्रावण २०७९ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App