५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नेपाल स्काउटद्वारा अध्यक्ष र उपाध्यक्ष दीक्षित

महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह र उपाध्यक्ष दानसिंह सेजुवाले दीक्षा ग्रहण गरेका छन्।

नेपाल स्काउटका कर्णाली प्रदेश संयोजक कमल बोहरा,कर्णाली प्रदेश स्काउट कार्यालय प्रमुख नरेन्द्र बोहरा,स्थानीय स्काउट,महावैका संयोजक देउलासिंह ठकुरी लगायतले महावै गाउँपालिका स्थानीय स्काउटद्वारा आयोजित एक विशेष समारोहमा स्ववाचन गरी दीक्षा ग्रहण गरिएको हो।

दीक्षान्त पश्चात मन्तव्य राख्दै नेपाल स्काउट कर्णाली प्रदेशका संयोजक कमल बोहराले नेपाल स्काउट युवाहरुलाई नैतिक शिक्षा,अनुशासन र राष्ट्र प्रेम सिकाउने संस्थाको रुपमा सबल बनाउन महावै गाउँपालिकाका स्थानीय स्काउटले साथ दिनुपर्ने बताउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पहिचान बोकेको संस्थालाई अगाडि बढाउन स्थानीय तहमा स्थानीय स्काउटको आवश्यक रहेको बताए।

दीक्षा समारोहमा महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह र उपाध्यक्ष दानसिंह सेजुवाल लगायत पालिकाको सिङ्गो टिमलाई दीक्षित गरिएको थियो। दीक्षान्त कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले स्थानीय स्काउटहरुलाई पालिकाले सहयोग गर्ने बताएका छन्। उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन स्काउटले विशेष पहल गर्नुपर्ने बताए।

नेपालमा स्काउट सन् १९५२ मा स्थापना भएको हो। यो हालसम्म कर्णालीका सबै जिल्लामा क्रियाशिल रहेको छ। अनुशासन,साहस एवम् सहयोगलाई मूल मन्त्र मानेर अघि बढेको छ। स्काउटको मिसन अनुसार नेपालमा युवाहरूलाई जिम्मेवार नागरिक बनाउने अभियान चलाइएको छ। युवाहरूको भौतिक,बौद्धिक,सामाजिक,आध्यात्मिक तथा भावनात्मक विकास गर्ने लक्ष्य स्काउटले लिएको बताईएको छ।

स्काउट विशुद्ध गैरराजनीतिक एवम् सामाजिक अभियानको अभियन्ताको रूपमा आम नेपाली युवायुवती,बालवालिका तथा वृद्धवृद्धाहरूलाई चेतनाको विकास गराई देश विकास तथा समृद्धिका निम्ति आर्थिक,शैक्षिक,सामाजिक,मानसिक,सांस्कृतिक,दैविक प्रकोप लगायतको क्षेत्रमा निरन्तर कार्यमा लागि परेको नेपाल स्काउटका कर्णाली प्रदेश संयोजक कमल बोहरा जानकारी दिए।

कार्यक्रममा नेपाल स्काउटका कर्णाली प्रदेश संयोजक कमल बोहोरा,कर्णाली प्रदेश नेपाल स्काउट कार्यालय प्रमुख नरेन्द्र बोहोरा,नेपाल स्काउट,महावैका संयोजक देउलासिंह ठकुरी,गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगाएतको उपस्थिति रहेको थियो।

प्रकाशित: २४ श्रावण २०७९ ०५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App