२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चीनका लागि नेपाली राजदूत श्रेष्ठले बुझाए ओहोदाको प्रमाणपत्र

जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीनको परराष्ट्र मामिलाका शिष्टाचार महापाल होङ लेई समक्ष ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश गरेका छन्।

उक्त अवसरमा लेईले श्रेष्ठलाई स्वागत गर्दै दुई देशबीच परापूर्वकालदेखि रहिआएको नेपाल र चीन बीचको सौहार्दपूर्ण सम्बन्ध महामहिमको कार्यकालमा थप प्रगाढ हुने विश्वास व्यक्त गरी सफल कार्यकालको शुभकामना व्यक्त गरे।  

राजदूत श्रेष्ठले स्वागतका लागि धन्यवाद व्यक्त गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको जानकारी गराएका थिए। उनले आफ्नो कार्यकालमा दुई देशबीच हुँदै आएको उच्च स्तरीय भ्रमण तथा जनस्तरका आदानप्रदान मार्फत व्यापार, लगानी प्रवद्र्धन,पर्यटन, शिक्षालगायतका  क्षेत्रमा थप योगदान पुर्याई द्धिपक्षिय सम्बन्धलाई थप मजबुत बनाउने प्रतिवद्धता पनि जनाए।  

उक्त कार्यक्रममा नियोग उपप्रमुखलगायत बेइजिङस्थित नेपाली दूतावासका कर्मचारीहरु पनि सहभागी थिए।

प्रकाशित: २३ श्रावण २०७९ ११:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App