११ आश्विन २०७९ मंगलबार
समाज

किन बढ्दैछ पारिवारिक हिंसा?

केही दिनअघि काठमाडौँको काभ्रेस्थलीमा एक जना बाबु श्रीमतीसहित आफ्ना नाबालक दुई सन्तानको हत्या गरेर आत्महत्या गरेको घटना सार्वजनिक भयो। यो त एउटा प्रतिनिधि घटना मात्र हो। देशभर यस्ता घटनाहरु भइरहेका छन्। अझ नेपाली समाज हुँदै परिवारभित्र छिरिरहेका छन्।

पारिवारिक कलह, शंका, उपशंकाले गर्दा समाज र परिवार भित्र यस्ता घटना बढ्न थालेको सम्बन्धित क्षेत्रका विज्ञहरुको ठहर छ। परिवारका सदस्यहरुबीचनै ह्रिंसक घटनाहरु हुन थालेका छन्। सबैभन्दा सुरक्षित मानिने घर नै आजभोलि असुरक्षित हुँदै गइरहेको छ। समाज र घरभित्र झगडा, कलह, द्वन्द्वहरु बढ्न थालेको तथ्याङकले देखाएको छ। आफ्नै परिवारका सदस्य र आफ्न्तबाट असुरक्षा भइरहेको छ।  

विज्ञहरु यस्तो हुनुमा पारिवारिक, मानसिक, आर्थिक, सामाजिक, शैक्षिक तनाव तथा परिवारका सदस्यहरुबीच उत्पन्न शंका र उपशंका प्रमुख रहेको बताउँछन्। यीमध्ये पनि पारिवारिक र मानसिक तनावले समाज हिंस्रक बन्दै गएको उनीहरको ठहर छ। 

नेपाल प्रहरीको तथ्याङक अनुसार पछिल्ला ५ वर्षमा हत्या र आत्महत्याका घटनाहरु ह्वात्तै बढेको देखिन्छ। २०७४ देखि २०७९ बीचका हरेक वर्षमा यस्ता घटनाहरुको ग्राफ बढीरहेको देखिन्छ। ०७४ मा ११ हजार ८ सय ४० जनाको मृत्यु भएकोमा ०७८ देखि अहिलेसम्म १५ हजार ५ सय २५ जनाको मृत्यु भएको देखिन्छ। यसबीचका हरेक वर्ष यो संख्या बढ्दै गएको छ। विगत पाँच वर्षमा ६८ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ।

पूर्वप्रहरी नायव महानिरिक्षक (डिआईजी) हेमन्त मल्ल माओवादीको १० वर्षे द्वन्द्वपछि नेपाली समाज हिंस्रक भएको बताउँछन्। ‘द्वन्द्वकालमा राज्य र विद्रोह पक्षबाट भएका ज्यादती र विस्थापनका कारण सामाजिक स्वरुपमा परिवर्तन आएको छ। त्यसैले अपराधको स्वरुपमा लिएर आएको हो। अहिलेको परिवर्तनबारे विस्तृत अध्ययन हुन आवश्यक छ’, उनले भने।

मल्लका अनुसार नेपाली समाजको वास्तविक चरित्र सहनशिल हो। द्वन्द्वले समाजको प्रकृति, प्रवृत्ति र व्यक्तिको मानसिकतामा परिवर्तन ल्याएको छ। यसले समाजलाई असहनशिल र उत्तेजित बनाएको छ। ‘त्यसैको परिणाम स्वरुप यस्ता घटनाहरु भइरहेका छन्। मान्छे मर्ने र मार्नेसम्म पुग्न थालेका छन्। त्यो चाहे घरभित्र होस वा घरबाहिर’, उनले भने। 

मल्लले आधुनिकताका नाममा नेपाली समाजले आफ्ना बालबालिका अनुशासनमा राख्न नसक्दा यस्ता घटनाहरु आगामी वर्ष अझ बढ्न सक्ने तर्क गर्छन। उनी भन्छन्, ‘समयसँगै अनुशासनका मान्यता परिवर्तन भइरहेका छन्। बालबालिकाले अनुशासन सिक्ने घरमै हो। घरमा बालबालिकालाई अनुशासन सिकाउने फुर्सद अधिकांश अभिभावकलाई छैन। यसले भविष्यमा झनै समस्या देखिन सक्छ।’

आधुनिकताका नाममा नेपाली समाजले आफ्ना बालबालिका अनुशासनमा राख्न नसक्दा यस्ता घटनाहरु आगामी वर्ष अझ बढ्नसक्ने तर्क गर्छन्। उनी भन्छन्, ‘समयसँगै अनुशासनका मान्यता परिवर्तन भइरहेका छन्। बालबालिकाले अनुशासन सिक्ने घरमै हो। घरमा बालबालिकालाई अनुशासन सिकाउने फुर्सद अधिकांश अभिभावकलाई छैन। यसले भविष्यमा झनै समस्या देखिन सक्छ।’

मल्लले आधुनिकताले अनुशासनलाई थिच्दै गइरहेकाले सहि र गलतको दायरा कम हुदै गएको बताए। ‘त्यसले परिवारभित्र पनि व्यापकता पाइरहेको छ। जसले गर्दा पनि अपराधिक घटना भइरहेका छन्’, उनले भने।

यसैगरी समाजशास्त्री विष्णु दाहालका अनुसार अपराध समाजमा हुने हुनाले यो समाजकै एउटा गम्भिर समस्या हो। यो समस्याको निराकरण नगर्ने हो भने अपराधले समाज सिध्याउने उनी बताउँछन्। दाहाल भन्छन्, ‘मानिस एक र्सिजनशिल प्राणी हो। प्राणीहरुको व्यवहारभित्र हिंस्रक स्वभाव हुन्छ। जब मानिसबाट मानवता र नैतिकता हराउँदै जान्छ तब समाज अराजकता तिर धकेलिने गर्दछ। यसले सामाजिक न्याय मर्छ र दण्डहिनता उत्पन्न हुन्छ। पछिल्लो समय मानिस बसाईँसराईँ गर्ने, वैदेशिक रोजगारको लागि विदेश पलायन हुने हुदाँ मानिसमा आस र त्रास बढ्न थालेको छ। र, त्यसले सामाजिक हिंसाहरु निम्त्याएको छ।’  

उनी भन्छन्, ‘यसले गर्दा परिवारका सदस्यहरुमा एक्लोपन, व्यक्तिवादी चिन्तन, सामूहिक प्रतिवद्धता र सामूहिक सुरक्षाहरु कमजोर हुने गर्दछ। र, हत्या हिंसा हुने गर्दछ। त्यसैले यस्लाई नियन्त्रण गर्न परिवारले आफ्नो परिवारको सदस्यको भावनाको कदर र सम्मान गर्ने, शंका र उपशंका कम गर्नु पर्छ।’ दाहालले राजनीतिक प्रोत्साहनले गर्दा पनि नेपाली समाज अपराध उन्मुख भएको बताए। उनले राजनीतिक संरक्षणमा अपराधका घटनाहरु बढीरहेको पनि बताए।

यसैगरी मनोविद गोपाल ढकाल भन्छन्, ‘अपराध भनेको एउटा मनस्थीति हो। मानिसको मनस्थीति पारिवारिक अवस्था, सिकाई भोगाई, साथीसंगी, महोत्वकाङक्षा, गरिवी, अशिक्षा, बेरोजगारी, आवश्यकताले गर्दा परिवर्तन हुने गर्दछ। शंका, उपशंका, पारिवारिक बेमेल, निराशा, प्रतिशोधको भावना मानसिक परिवर्तनले उत्पन्न हुन्छ। त्यसैले क्षणिक आवेगमा आउने, चाँडै निराश हुने, चाँडै उत्तेजित हुने, अनावश्यक कुरामा शंकामात्र गर्ने, व्यक्तिगत समस्या हो। यही समस्याका कारण हत्या हिंसा हुने गर्दछ। त्यसैले शंका मात्र हो कि त्यसमा सत्यता छ भनेर हामीले हेर्नुपर्छ।’

मनोविद गोपाल ढकाल भन्छन्, ‘अपराध भनेको एउटा मनस्थीति हो। मानिसको मनस्थीति पारिवारिक अवस्था, सिकाई भोगाई, साथीसंगी, महोत्वकाङक्षा, गरिवी, अशिक्षा, बेरोजगारी, आवश्यकताले गर्दा परिवर्तन हुने गर्दछ। शंका, उपशंका, पारिवारिक बेमेल, निराशा, प्रतिशोधको भावना मानसिक परिवर्तनले उत्पन्न हुन्छ। त्यसैले क्षणिक आवेगमा आउने, चाँडै निराश हुने, चाँडै उत्तेजित हुने, अनावश्यक कुरामा शंकामात्र गर्ने, व्यक्तिगत समस्या हो। यही समस्याका कारण हत्या हिंसा हुने गर्दछ। त्यसैले शंका मात्र हो कि त्यसमा सत्यता छ भनेर हामीले हेर्नुपर्छ।’

ढकाल भन्छन्, ‘वास्तवमा मानसिको समस्या भनेको आफ्नो भावनात्मक संयोगलाई सम्झाउँन नस्कनु हो। यसैले गर्दा पछिल्ला समय हाम्रो परिवारमा शंका उपशंका बोलचालमा कमि ल्याएको छ। परिवार भित्रै असमझदारि बढी रहेको छ। यस्तै असमझदारिले गर्दा सानैदेखि बच्चाहरु चाँडै आवेगमा आउने समस्यामा हुँदा त्यसको हल गर्न नस्कने चाँडै निराश हुन्छन्। त्यसैले पारिवारिक घटनाहरु मानसिक तनावले नै हुने गर्दछ। मानिसहरु पारिवारिक तनाव, आर्थिक तनाव विमेल जस्ता अवस्थामा हुँदा मनोपरामर्श सेवा लिनुपर्ने जरुरी हुन्छ। कहिले काही मानिसमा चरम डिप्रेशन हुँदा पनि हत्या र हिंसा जस्ता घटनाहरु गर्ने गर्दछ। त्यसैले हत्या नै सबै समस्याको समाधान होइन्।’  

नेपाल प्रहरीबाट प्राप्त तथ्याङ अनुसार २०७४/०७५ मा मृत्यु हुनेको संख्या ११ हजार ८ सय ४८ छ। यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १२ हजार ७ सय ७३ छ भने मृत्यु हुनेको संख्या बढ्दै गएको तथ्याङकले देखाउँछ। साथै २०७६/०७७ मा १३ हजार ४ सय ७ छ। यस्तै आर्थिक वर्ष २०७७/०७८ मा १५ हजार २ सय छ। साथै आर्थीक वर्ष २०७८/०७९ मा १५ हजार ५ सय २५ छ। विगत पाँच वर्षमा मृत्यु हुनेको संख्या ६८ हजार ७ सय ५३ छ। यो हेर्दा नेपालमा हत्या हिंसाको संख्या वर्षेनी उच्च हुँदै आएको देखिएको छ। 

प्रकाशित: २२ श्रावण २०७९ २२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App