१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरीद्वारा गाँजा फडानी

प्रहरी चौकी पादमघाटले उम्रेको अवैध गाँजा नष्ट गरेको छ। कालिकोट जिल्लाको महावै गाउँपालिका–१ कुनौटामा प्राकृतिक रुपमा उम्रेको गाँजा नष्ट गरेको हो।

कालिकोट प्रहरीले अवैध रुपमा रहेको गाँजा प्रयोग नहोस् भनेर शुक्रबार समुदाय प्रहरी साझेदार कार्यक्रम अन्र्तगत प्रहरी नायब निरीक्षक सुर्यबहादुर शाहीको प्रहरी टोलीले १ सय रोपनिमा प्राकृतिक रुपमा आफैं उम्रेको अबैध गाँजा नष्ट गरीएको छ। वर्षेनी शुभकालिका, महावै, पलाँता गाउँपालिका र खाँडाचक्र नगरपालिकालगायतका क्षेत्रमा गाँजा ठूलो मात्रामा आँफै उम्रने गर्दछ।

प्रहरीको सक्रियतामा वर्षेनी गाँजा नष्ट हुने गर्दछ। गाउँघर, सडक आसपासमा गाँजा फैलिएको सूचना प्रहरीले पाएपछि समुदायसँगको सहकार्यमा प्रहरी टोलीले नष्ट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख सुबराज बमले बताए। उनले भने ‘अवैध गाँजा नष्ट गर्ने क्रम जिल्ला भर सञ्चालन गरिने छ।’

प्रकाशित: २० श्रावण २०७९ ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App