१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खुलामञ्च गाई गोठमा परिणत

कालिकोट जिल्लाको खुलामञ्चको प्रयोग बिषेश गरी राजनिति दलले गर्छन। आ–आफ्ना पार्टीका सभा सम्मेलन गरेर बिचार प्रकट गर्ने खुला मञ्चको संरक्षण भने कसैले गदैनन्। आ–आफ्ना पार्टीका सभा हुदा रङरोगन गर्ने राजनिति दलका अहिले सभा सम्मेलन छैनन। त्यसैले सदरमुकाम मान्ममा रहेको खुलामञ्च गाई गोठमा परिणत भएको छ।

सबैको बिचार दिने ठाउँको संरक्षण भने छैन। खुलामन्ञ सडक भन्दा माथि अग्लो ठाउँमा छ। खुला मैदानमा फलामको गेट पनि निमार्ण गरिएको छ। तर गाई वस्तुलाई वास वस्ने गोठ भएको छ। गेट वन्द गरेपनि त्यहाँ गाईवस्तु जान सक्ने अवस्था थिएन। आडैमा जिल्ला समन्वय समितिको भवन छ। दैनिक त्यहाँ बिभिन्न कार्यक्रम भईरहेका हुन्छन्।

सबै नेता देखि जनप्रतिनिधि कार्यालयका कर्मचारी, कार्यालय सहयोगी दैनिक जान्छन्। तर खुलामैदान गौचरन र मन्ञ गाईगोठ भएको कसैले देख्दैनन। मञ्चको नजिकै ब्यवसाय गदै दपि बहादुर बिष्टले आफुले धेरै दिन गाई वस्तुलाई मञ्चबाट लखेटेको बताए। ‘सधै जान पाइदैन। यसो गएको वेला धपाउछु। तर राती कसले गेट खोल्छ, वास वस्न त्यही आउने रहेछन बिष्टले भने ‘मान्म बजारमा पशुचौपाया छाडा छोड्ने गरेका छन्। प्रशासन र नगरपालिकाले सुचना गर्दा पनि आफ्ना पशुचौपाया किसानले छाडा छोड्न रोक्दैनन। वर्षातको समय होस या हिउँदमा पशुचौपाया छाडा छोड्ने मान्मको चलन भईसकेको छ।’

पूर्व जिल्ला बिकास समितिका उपसभापति कटकवहादुर शाहीले बनाएको गेट वन्द गरेपनि खुलामञ्चको सरक्षण हुने बताए। गेट छ। बन्द गरेपछि पशुवस्तु जादैनन थिए होला वन्द गर्ने सम्म मान्छे हुदैन। आडैमा भएको समन्वय समितिको कार्यालयका सहयोगीले त्यो काम गरेपनि यस्तो हालत नहुने शाहीको भनाई छ।

मञ्चको संरक्षण छैन। तर राजनिति दलका कार्यक्रमका बेला भने दैनिक जसो रङगीने गर्छ। पार्टी अनुसारको रङगीचङगी हुने खुलामञ्च अहिले भने गाईगोठ भएको छ। तिनै राजनिति दलका कार्यकर्ताले समेत अन्य समयमा मञ्चका वारेमा चासो र चिन्ता लिदैनन। त्यसैले खुलामञ्च गौचरन र गोठमा परिणत भएको हो।  

 

गाई गोठमा परिणत खुलामञ्च तस्विर ललित बिष्ट नागरिक कालिकोट

 

प्रकाशित: १८ श्रावण २०७९ ११:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App