त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारका लागि तय भएका नौ वटा अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन्।
मध्यपूर्व क्षेत्रमा भइरहेको द्वन्द्वका कारण हवाई क्षेत्रमा प्रतिबन्ध लगाइएपछि उडान रद्द गर्नुपरेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार आइतबारका लागि तय भएका कुवेत, दुबई र दोहाका उडानहरू रद्द भएका छन्।
जरीरा एयसवेज र फ्लाइ दुबइको एक-एक, कुवेत एयरवेज र हिमालय एयरलाइन्सका दुई-दुई तथा नेपाल एयरलाइन्सको तीन गरि ९ वटा उडान रद्द गरिएको उनले जानकारी दिए।
उनका अनुसार सबै उडानहरू ‘रद्द’ अवस्थामा राखिएका छन् भने पुनःतालिका (रिसेड्युलिङ) सम्बन्धी निर्णय सम्बन्धित एयरलाइन्सहरूले गर्नेछन्।
प्रभावित यात्रुलाई सम्बन्धित एयरलाइन्सको सम्पर्क नम्बर वा आधिकारिक वेबसाइटमार्फत थप जानकारी लिन आग्रह गरिएको छ।
प्रकाशित: १५ चैत्र २०८२ १९:४४ आइतबार

