coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्‍यु

तेह्रथुमको छथर गाउँपालिका वडा नं. ५ को ठकुरी टोलमा छोराको कुटपिटबाट वाबुको मृत्यु भएको छ।  

छथर वडा नं. ५ का ५३ वर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको हो। मंगलबार बिहान सवा ६ बजेको समयमा  २४ वर्षीय छोरा टंकले अचानक धान कुट्ने मुस्लोले भण्डारीको टाउकोमा प्रहार गरेर घाइते बनाएका उनको छथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनामा संग्लग्न छोरा टंक फरार रहेकाले प्रहरीले खोजी कार्य जारी राखेकोे जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

यसैबीच, मोरङमा पौडी खेल्दा र उदयपुरमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ। विराटनगर वडा नं. १९ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय ३० बर्षीय फुलसरा ऋषिदेवको मृत्यु भएको हो। सोमवार दिउँसो घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका ऋषिदेव पोखरीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।  

उत्ता, उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ७ कुबिण्डेका ५० बर्षीय बौवा चापागाईलाई त्रियुगा खोलाले बगाएर मृत्यु भएको छ।

सोमवार बेलुका मुर्कुची बजारबाट घर तर्फ फर्कँदै गरेका चापागाई बाटोमा रहेको त्रियुगा खोला तर्ने क्रममा खोलाले बगाएको थियो। खोजतलासको क्रममा खोलाले बगाएका चापागाईलाई बगाएको स्थान भन्दा करिव १ किलोमिटर तल मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: १७ श्रावण २०७९ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App