२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

सर्लाहीमा १९ वर्षीय युवकको शव शौचालयमा भेटियो

सर्लाहीमा एक युवकको शव भेटिएको छ। स्थानीय हरिपुर्वा नगरपालिका-३ धनकौलका  १९ वर्षीय सुशील यादवको शव शौचालयमा भेटिएको हो। सोमबार बिहान गाउँकै अधारभुत विद्यालयमा शौचालय निर्माण गर्नको लागि खनिएको खाल्डोमा उनको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

गत शुक्रबारदेखि घरबाट हराएका यादवको शव स्थानीयले स्कुलको शौचालयमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शरीरको विभिन्न भागमा धारिलाे हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा यदवको शव बरामद भएपछि अनुसन्धान थालिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले बताए।

भारतमा मजदुरी गर्ने सुशील बेपता भएदेखि उनको खोजी गर्न परिवारले स्थानीय प्रशासनलाई कुनै जानकारी गराएको थिएन। घर परिवारका सदस्यहरूले सुशील पुनः कामको सिलसिलामा भारत गएको हुन सक्ने अनुमानको कारण परिवारले उनको खोजीका लागि प्रहरीलाई खबर गर्न नसकेको डिएसपी यादवको भनाइ छ। मृतक यादवको शव पोस्टमार्टमका प्रादेशिक अस्पताल मलङगवामा लगिएको जनाएको छ। 

प्रकाशित: १६ श्रावण २०७९ १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App