१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काभ्रेस्थली घटना: घरमुली दिनेशले परिवारका हत्या गरेर आत्महत्या गरेको हुनसक्ने (अपडेट)

काठमाडौंको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा–२ पदमसालमा सोमबार विहान परिवारका चार जनाको शव विभत्स अवस्थामा भेटिएको थियो। 

उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने बताएका छन्।

परिवारका ४ सदस्यको शव एउटै कोठामा भेटिएको थियो भने दिनेशको शव छुट्टै कोठामा भेटिएको प्रहरी स्रोतले बतायो। घटनामा घरकै भान्साको चक्कु प्रयोग भएको पाइएकाे छ। बाहिरबाट मानिस प्रवेश गरेको पनि नदेखिएकाे प्रहरीकाे भनाइ छ।

१२ वर्ष वैदेशिक रोजगारीका लागि कुवेत बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका दिनेशले काभ्रेस्थली पदमसालमै पसल खनेलेका थिए तर पसल केही समयअघि बिक्री गरेका थिए। 

दिनेश र सुनीताबीच मेलमिलाप नभएर तीन पटकसम्म प्रहरी बृत्त वालाजुमा पुगेर मेलमिलापमा टुंग्याइएको पाइएकाे प्रहरीले जनाएकाे छ।

घटनाको थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल छ।

प्रकाशित: १६ श्रावण २०७९ ०९:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App