४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अरनिको राजमार्ग २० मिटर भासिएपछि चीन आउ–जाउ गर्न बन्द

फाइल तस्बिर

अविरल वर्षाको कारण अरनिको राजमार्ग २० मिटर  भासिएको छ। राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, डाक्लाङमा सडक भासिएको हो।

सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने–आउने मालवहाक सवारीसाधनको आवागमन रोकिएको छ।

सडक मर्मतका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

प्रकाशित: १६ श्रावण २०७९ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App