६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

भारतबाट अवैधरूपमा ल्याएकाे चाँदीसहित एक पक्राउ

चाँदीका कचौरा तथा मुर्तीसहित एक व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको सूचना प्राप्त भएर प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले आइतबार विहान सवा ११ बजे वीरगन्ज–१६ रजतजयन्ति चोकबाट समानसहित पक्राउ गरेको छ।  

भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बिआर०५ एएस २१६२ नम्बरको मोटरसाइकलमा सवार साहिल कुमार साहबाट चाँदीको समान प्रहरीले बरामद गरेको हो। साहलाई रोकी खाेतलास लिँदा उनले बोकेको खैरो रंगको ब्यागभित्र चाँदीको धातुबाट बनेको कचौरा तथा साना मुर्तीहरू १ किलो १०६.४ ग्राम फेला परेकोले प्रहरीले जनाएको छ।

उक्त चाँदीसहित साहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि आइतबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी रहेका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताए।

प्रकाशित: १५ श्रावण २०७९ १४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App