६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङमा आङ्बुहाङको अध्यक्षतामा बन्यो रेफ्रीसंघ तदर्थ समिति

ताप्लेजुङमा दिपेशकुमार आङबुहाङको अध्यक्षतामा जिल्ला रेफ्री संघ तदर्थ समितिको गठन भएको छ। जिल्ला रेफ्री संघ तर्दथ समितिको उपाध्यक्षमा विश्वराज राई, महासचिवमा सन्तान मादेन र कोषाध्यक्षमा मौसम अन्छङ्वो रहेका छन्।

जिल्ला रेफ्री संघ तर्दथ समितिमा मोतिहाङ थलङ, बिबश लिम्बू, प्रताप साँवा अपिल राई, मनोज लिम्बू, सञ्जित साँवा र बिपुल दाहाल सदस्य रहेको जिल्ला फुटबल संघका महासचिव दिनेश खवासले जानकारी दिए।

जिल्ला रेफ्रीसंघमा टिकेन्द्र नेपाली संयोजक रहेको सल्लाहकार समिति समेत गठन गरिएको छ। सल्लाहकार समितिमा शिवहरि निरौला, गीत पालुङवा र रगुन गोम्देन सदस्य रहेका छन्।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश मावो, जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङ, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाको विशेष उपस्थितिमा जिल्ला रेफ्रीसंघ तदर्थ समितिको गठन भएको हो।

प्रकाशित: १४ श्रावण २०७९ १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App