२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

तीर्थयात्री बोकेको जीप दुर्घटना: १ जनाको मृत्यु, १५ घाइते

स्वर्गद्वारी नगरपालिकामा जीप दुर्घटना हुँदा १ जनाको मृत्य भएको छ भने १५ जना घाइते भएका छन्। रुपन्देहीको मायादेवी गाउँपालिका र सिद्धार्थ नगरपालिकाका तीर्थयात्री बोकेर फर्किँदै गरेको जीप दुर्घटनामा परेको हो।

स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको लु ३ च ३५३ नम्बरको जीप स्वर्गद्वारी नगरपालिका–४ मा सडकबाट पल्टिँदा रुपन्देहीको मायादेवी गाउँपालिका–३ की गुडिया ठाकुरको मृत्यु भएको हो। घाइते १५ जनालाई थप उपचारको लागि बुटवल पठाइएको छ। उक्त जीपमा १७ जना सवार थिए।

प्रकाशित: १४ श्रावण २०७९ ११:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App