१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

चितवनमा गैंडाको आक्रमणबाट एक पुरुष घाइते

चितवनमा गैंडाको आक्रमणमा परी एक पुरुष घाइते भएका छन्। बागमारा सामुदायिक वनमा न्यूरो टिप्न भएका रत्ननगर नगरपालिका ८का ३१ वर्षीय कुन्दन लामालाई आज (मंगलबार) विहान १० बजे गैंडाले आक्रमण गरेर घाईते बनाएको हो

घाइते लामाको अनुहार र छातीमा चोट रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। 

उनको उपचार चितवन मेडिकल कलेज भरतपुरमा भएको छ। उनको अवस्था भने मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १० श्रावण २०७९ ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App