५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने ३६ जना पक्राउ

नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ। प्रहरीले तीनकुनेमा गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको स्काई वल्र्ड सर्भिस सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो।

नेपाल प्रहरीका प्रवक्ता टेकवहादुर राईका अनुसार पक्राउ पर्नेमा एक चिनीयाँ, दुई भारतीय र ३३ नेपाली नागरिक रहेका छन्। उनले जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत नगर प्रहरी कार्यालय, प्रहरी वृत्तसमेतबाट खटिएको प्रहरी टोलीले कार्यालयमा छापा मारी विद्युतीय उपकरणसहित नियन्त्रणमा लिइएको बताए। हिजो मात्र रुपन्देहीमा कल सेन्टर सञ्चालन गर्नेलाई पक्राउ गरिएको थियो।  

उनका अनुसार अवैध तवरले कामदारहरू राखी सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाँक, धम्की दिई, व्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोलमोलाइ गर्ने जस्ता गतिविधि गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुसँग नगद आठ लाख २९ हजारसहित ल्यापटप ३६२  थान, डेस्कटप कम्प्युटर ७४८ थान र एकवटा डिभिआरसमेत नियन्त्रणमा लिइएको छ। पक्राउमा परेका व्यक्तिहरुउपर प्रहरीद्वारा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ९ श्रावण २०७९ १५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App