१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

वर्षायाममा जंगल सफारी बन्द

वर्षायामको समयमा बर्दिया राष्ट्रिय निकुञ्जले केही समयको लागि जंगल सफारी बन्द गरेको छ। वर्षाको समयलाई मध्यनजर गरी सोमबारदेखि निकुञ्जको जंगल सफारी बन्द गरिएको हो। 

अर्को सुचना प्रकाशित नभएसम्म जंगल सफारी बन्द रहने निकुञ्ज प्रशासनले सुचना प्रकाशित गरी जनाएको छ। बर्खायाममा निकुञ्ज भित्र हिलो पानीले बाटो अवरुद्ध हुने बढी सम्भावना हुन्छ। 

बर्खाको समयमा निकुञ्जभित्रका बाटोमा रुख विरुवा ढल्ने र स–साना खोलामा पानी जमेर बाटो अवरुद्ध भई सवारी साधन आवतजावतमा कठिनाई हुन्छ। यी कारणलाई मध्यनजर गरी जंगल सफारी बन्द गरिएको निकुञ्जले जारी गरेको सुचनामा उल्लेख गरिएको छ। 

प्रकाशित: ९ श्रावण २०७९ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App