१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

तस्करीका समान र स्रोत नखुलेको साढे ४१ लाख रकम बरामद

बेग्लाबेग्लै टोलीमार्फत स्रोत नखुलेको एकचालिस लाख ५५ हजार रुपैयाँसहित एक भारतीय नागरिकलाई र बिल बिजकभन्दा बढी माल समान बोकेका एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गोप्य सूचनाको आधारमा बुधबार खटिएको एउटा प्रहरी टोलीले वीरगन्ज–१६ रजतजयन्ती चोकमा जाँच गर्दा उल्लेखित रकम बरामद भएको प्रहरीले जनाएको छ। विहारको सिमावर्ती सहर रक्सौलबाट वीरगन्जतर्फ आउदै गरेको बीआर०५एन ०२३८ नम्बरको भारतीय मोटरसाइकललाई जाँच गर्दा सिट तथा ट्यांकी मुनी लुकाइराखेको एकचालिस लाख ५५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।  

पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए अनुसार स्रोत नखुलेको उक्त रकमसहित मोटरसाइकलमा सवार रक्सौल घर भएका २५ वर्षीय राकेश कुमारलाई नियन्त्रणमा लिईइएको छ। राकेशउपर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसारको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक प्रहलाद कार्कीले जारी गरेको प्रेस सूचनामा जनाइएको छ।  

ट्रक नियन्त्रणमा

त्यसतै बिल बिजकभन्दा बढी माल सामानहरू लोड रहेका एउटा ट्रक प्रहरीले मंगलवार राति नियन्त्रणमा लिएको छ। बिल विजकभन्दा बढी बिभिन्न किसिमका हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू बोकेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मंगलवार राति १० बजे वीरगन्ज महानगरपालिका –१५ भानुचोक बाट नियन्त्रणमा लिएको कार्कीले जनाएका छन्।  

ना.६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिए र संगसंगै विलबिजक बिनाका पनि विभिन्न किसिमका हार्डवेयर पार्टस फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। समान र ट्रकको सडसट्ठी लाख ५२ हजार ९ सय ९८ रुपैया मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक कार्कीले जारी गरेको अर्को प्रेस सूचनामा जनाइएको छ।

प्रकाशित: ४ श्रावण २०७९ १४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App