२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हामीविरुद्ध परेको मुद्दा झुटो हो: १९७४ एडी

सांगीतिक ब्याण्ड १९७४ एडीले आफूविरुद्ध काठमाडौं जिल्ला अदालतमा परेको मुद्दा झुटो भएको दाबी गरेको छ। 

मंगलबार एक विज्ञप्ति जारी गर्दै ब्याण्डले सञ्चारमाध्यमका आएका समाचारबाट उजुरी परेको थाहा पाएको र त्यो झुटो भएको जनाएको हो।

बेलायतको एचएबीअ मुभमेन्ट लिमिटेडका तर्फबाट ललितपुरका नवीन गुरुङले लण्डनमा कार्यक्रम गर्न पैसा लिएर पनि नगएको भन्दै १९७४ एडी र त्यसका प्रवन्धक सञ्जय श्रेष्ठसँग ३ लाख रुपैयाँ मागदाबी गर्दै केही दिनअघि अदालतमा मुद्दा हालेका छन्।

१९७४ एडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी १९७४ एडीविरुद्ध पर्न गएको मुद्दाको बारेमा हामीले भर्खर सञ्चारमाध्यमबाट थाहा पायौं। त्यो समाचारमा लेखिएको कुनै पनि काम हामीबाट नभएको र हामीले कुनै पनि करार पालना नगरेको छैनौं र हामीविरुद्ध पर्न गएको यो झुटो उजुरीविरुद्ध लड्न कानुनी सल्लाहकार राखिसकेको र सम्मनित अदालतबाट आएको आदेशलाई मान्ने छौं भनी तपाईंहरु सबै शुभचिन्तकलाई खबर गर्न चाहन्छौं।'

प्रकाशित: ३ श्रावण २०७९ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App