१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

घरेलुले उठायो दुई करोडभन्दा बढी राजस्व

घरेलु तथा साना उद्योग कार्यालय रौतहटले गत आर्थिक वर्षमा दुई करोडभन्दा बढी राजस्व असुल गरेको छ। आर्थिक वर्ष २०७८/७९मा कार्यालयले दुई करोड ११ लाख ७१ हजार ८८५ रुपैयाँ राजस्व असुल गरेको घरेलु अधिकृत जयकान्त झाले जानकारी गराएका छन्।  

कार्यालयले उद्योगतर्फ ९८ लाख नौ हजार १५० रुपैयाँ, वाणिज्यतर्फ एक करोड १३ लाख ५२ हजार २०० रुपैयाँ र निलामबाट १० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको अधिकृत झाको भनाइ छ।

कार्यालयले गत आर्थिक वर्षमा विभिन्न किसिमका तालिमहरु पनि सम्पन्न गरेको छ। गत आर्थिक वर्षमा कार्यालयले उद्यमशीलता तालिममा ठूलो सफलता हासिल गरेको छ। उद्योगले १५१ जनालाई उद्यमशीलता तालिम दिएकोमा १४९ जना महिला मात्र रहेका छन्।  

यसैगरी एडभान्स सिलाइ, मोबाइल मरम्मत, कम्प्युटर, तरकारी तथा मैनवत्ती निर्माण जस्ता व्यावसायिक तालिम पनि उद्योगले संचालन गरेको छ।

चालू आर्थिक वर्षमा पनि बजेट तथा नीति र कार्यक्रम अनुसारको विभिन्न तालिम संचालन गर्ने र जिल्लाका साना तथा घरेलु उद्योगीको क्षमता वृद्धिको लागि काम गर्ने अधिकृत झाले जानकारी गराएका छन्।

प्रकाशित: २ श्रावण २०७९ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App