४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

साउनमा बोल बमको धुम, जलार्पण यात्रामा भक्तजन घुइँचो

बोल बम, साउनमा बाणंगा नदीमा स्नानपछि बोकेर ल्याएको जल तालेश्वर नाथ महोदेव मन्दिरमा चढाउँदै भक्तजनहरु।

तिथि अनुसार साउन महिनाको पहिलो सोमबार तौलिहवास्थित प्राचीन तौलेश्वर नाथ महादेव मन्दिरमा हजारौं श्रद्धालु भक्तजनहरुले जलार्पण गरेका छन्। गत असार २९  गते गुरुपूर्णिमा दिनदेखि साउन महिना लागेको छ।

साउनमा यस पटक ५ वटा सोमबार परेको छ। भक्तजनहरुले बाणगंगा नदीको रामघाट (भागिरथी नदी) नदीमा स्नान गरी सो मन्दिरमा जलार्पण गरेका हुन्। आइतबार राती नदी किनारमा भजन किर्तन, नाचगान गरी उनीहरुले महादेवलाई नदीको जल सोमबार बिहान अर्पण गरेका थिए।

जर्लापणको लागि जिल्लाको विभिन्न स्थानबाट हजारौंको संख्यामा तिर्थालुहरु तौलिहवा आएका थिए। साउनको पहिलो सोमबार जलार्पण यात्रामा भक्तजनहरुको ठूलो भीड लागेको थियो। आराध्य देव शिवको प्यारो महिना साउन त्यस्मा पनि सोमबारका दिन स्नना गरी शिव मन्दिरमा जलार्पण गर्नाले पापनास भइ पुण्यफल मिल्ने भक्तजनहरुको विश्वास छ।

साउनमा पर्ने सोमबारका दिन व्रतबसी जलार्पण गर्नाले मनोकांक्षा समेत पूरा हुने भन्दै उनीहरु जलपर्ण यात्रामा सहभागी भएका थिए। सदरमुकामदेखि ५ किमी टाढा रहेको नदी बाट भक्तजन तथा बालबालिकाहरुले जल लिएर 'बोल बम' भन्दै मन्दिरमा आइ जलार्पण समेत गरेका थिए। साउन महिनाको सोमबारका लागि स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था मिलाएको थियो।

गाउँ-गाउँबाट जलयात्रामा स–साना बालबालिकादेखि युवा, महिला तथा वृद्धहरुले समेत पहेलो वस्त्र धारण गरी काधमा कावर लिएर सहभागी रहेका थिए। मन्दिरमा भक्तजनहरुलाई विभिन्न संघ संस्था र व्यक्तिहरुले प्रसादको समेत व्यवस्था गरेका थिए।

साउन महिनामा मन्दिरमा हुने भक्तजनहरुको चापलाई मध्य नजर गर्दै मन्दिरमा विशेष प्रबन्ध मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार गुप्ताले बताए। १२ वर्षअघि बोलबम कावँर जलयात्रा समिति फुलिकाले उक्त जलार्पणको कार्यक्रमको अगुवाई गर्दै आएको छ। साउन पहिलो सोमबार १० हजार बढी जलार्पणमा सहभागी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ श्रावण २०७९ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App