१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरी नै लागूऔषध तस्करीमा लागेपछि ...

सर्लाहीमा प्रहरीको एकजना वरिष्ठ हवलदार नै प्रतिबन्धित लागूऔषधको कारोबार गर्ने गरेको देखिएको छ। ठूलो परिमाणमा लागूऔषधसहित प्रहरीको वरिष्ठ हवलदार नै पक्राउ परेपछि कारोबार गर्ने गरेको पुष्टि भएको छ।  

इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवलदार सुबोधकुमार सिंह ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका छन्। वरिष्ठ हवलदार सिंहले उखुबारीमा लुकाएर राखेको कोडिवेल नामक कोरेक्स  सय एमएलको ४४६ पिस र विनसिरेक्स सय एमएलको १५३ बोतल प्रहरीले बरामद गरेको छ। भारी मात्रामा लागूऔषध बरामद भएपछि जिल्ला प्रहरी कार्यालय मलङवाको टोलीले वरिष्ठ हवलदार सिंहलाई नियन्त्रणमा लिएको छ।  

सर्लाहीका प्रहरी प्रमुख एसपि प्रवीण पोखरेलले वरिष्ठ हवलदार सिंहको गतिविधि शंकास्पद रहेको सुनिनमा आएपछि निगरानी बढाइएको थियो। सोहीक्रममा सिंहले आफ्नो घरबाट उखुबारीमा प्रतिबन्धित लागूऔषध लगेर लुकाएको बुझिन आएको र खोजतलास गर्दा तीननबोरामा राखेको अवस्थामा बरामद भएको बताएका छन्।  

नवलपुर बजार नजिकै एउटा पसलमा राख्नदिएको लागूऔषधलाई हवलदार सिंहले नलगेपछि पसलेले दबाबदिएर बोरा लैजान भनेका थिए। त्यसपछि केही समय आफ्नो घरमा राखेको र उखु बारीमा लगेर लुकाएको तथ्य खुल्न आएको प्रहरीको भनाइ छ।  

हवलदार सिंहको कोठाबाट कोरेक्सको दुई ओटा खाली बोतल पनि बरामद भएको छ।

भोजपुर जिल्लाको इलाकाप्रहरी कार्यालय बोयाङमा दरबन्दीभई इलाकाप्रहरी कार्यालय लालबन्दीमा कार्यरत वरिष्ठ प्रहरी हवलदार सिंह रमाना बुझेर भोजपुर जाने तयारीमा थिए ।

प्रकाशित: ३२ असार २०७९ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App