३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

जिल्ला अदालत मोरङमा ५ हजार बढी मुद्दा फछ्र्योट

जिल्ला अदालत मोरङले चालु आर्थिक वर्षमा ५ हजार बढी मुद्दा फछ्र्योट गरेको छ। जिल्ला अदालत मोरङले शुक्रबार पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्षमा जिल्ला अदालत मोरङमा ८ हजार ६ सय ४१ मुद्दा लगत रहेकोमा ५ हजार २ सय ४० मुद्दा फछ्र्योट गरेको जानकारी दिएको हो।  

जिल्ला अदालत मोरङका श्रेष्तेदार टिकेन्द्रवीर राणाका अनुसार जिल्ला अदालत मोरङमा चालु आर्थिक वर्षमा ५ हजार १ सय १ वटा नयाँ मुद्दा दर्ता भएका छन्। यस्तै ०७७/७८बाट ३ हजार ५ सय ४० मुद्दा लगत सरेर आएका थिए। जिल्ला अदालत मोरङमा २ वर्ष नाघेका ९८ वटा र २ वर्ष सम्मका २ सय ६ वटा मुद्दा फछ्र्योट गर्न बाँकी रहेको श्रेष्तेदार राणाले बताए। 

यो वर्ष नयाँ दर्ता भएका मुद्दामा सम्बन्ध विच्छेदका मुद्दा धेरै रहेको जिल्ला अदालत मोरङले जनाएको छ। तथ्याँक अनुसार चालु आर्थिक वर्षमा सम्बन्ध विच्छेदका १ हजार ३ सय ६२ वटा मुद्दा दर्ता भएका छन्। यस्तै १ सय ५४ वटा करणी सम्बन्धी, ज्यानसम्बन्धी ६८, लागूऔषधका ३ सय २ र मानव बेचविखनका ५ वटा मुद्दा दर्ता भएका छन्। 

यस्तै फैसला कार्यान्वयनतर्फ जिल्ला अदालत मोरङले १ हजार ९ सय ५४ वटा लगत रहेकोमा ९ सय ७४ वटा मुद्दा फछ्र्योट गरेको छ। जरिवाना तर्फ २७ करोड ३३ लाख ८१ हजार ६ सय ८८ रुपैयाँ लगत मध्ये २ करोड ८२ लाख ३५ हजार ६ सय ३८ रुपैयाँ असुल गर्न सफल भएको जिल्ला अदालत मोरङले जनाएको छ। यस्तै कैदतर्फ कुल लगत ६ हजार ८९ वर्ष मध्ये १ हजार ६ सय ३८ वर्ष फछ्र्योट गरेको जनाएको छ।

प्रकाशित: ३१ असार २०७९ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App