१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

विराटनगरको नाङ्लो रेष्टुरेन्टमा आगलागी

आगलागिका कारण जलेर नष्ट भएको नाङ्लो रेष्टुरेन्ट। तस्बिर: विनोद/नागरिक

विराटनगर तीनपैनीस्थित नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ। बिहीबार दिउँसो रेष्टुरेन्टमा आगलागी भएको हो।

ग्याँस सिलिण्डरको पाइप लिकेज भएर आगलागि हुँदा रेष्टुरेन्टमा राखिएका ६ वटा सिलिण्डर विष्फोट भएको र रेष्टुरेन्टमा भिषण आगलागि भएको प्रत्यक्षदर्शीले बताएका छन्। 

आगलागिका कारण रेष्टुरेन्ट पूर्ण रुपमा जलेर नष्ट भएको छ। रेष्टुरेन्टमा लागेको आगोका कारण छेउछाउका दुईवटा घरमा पनि सामान्य क्षति पुगेको छ। आगो दमकल, नेपाल प्रहरी, नगरप्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आइसकेको  छ। 

आगलागिका कारण १ करोड रुपैयाँ क्षतिभएको अनुमान गरिए पनि पूर्ण विवरण आइनसकेकोे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।  

प्रकाशित: ३० असार २०७९ १०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App