२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको फोहोर छोपियो

वर्षातले सडक विग्रीएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुन नसक्दा काठमाडौँ महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु‐ व्याक्टेरिया) राखेर प्लाष्टिकले छोपेको छ। 

सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको  वातावरण विभागकी प्रमूख सरिता राईले बताइन्।  'यो अस्थाई व्यवस्थापन हो', उनले भनिन्, ‘ल्याण्डफिल साइटको बाटो सहज हुना  साथ यो समस्या समाधान हुने छ।,'

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ। त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ। यहाँबाट फोहोर संकलन तथा ढुवानीका लागि निस्कने सवारी साधनलाई पानीले पखालेर मात्र निकाल्ने गरिएको छ। बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ।  

प्रकाशित: २६ असार २०७९ १०:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App