१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कारागारमै राष्ट्रिय परिचयपत्र विवरण संकलन

फाइल तस्बिर।

जिल्ला कारागार बैतडीका केन्दीबन्दीको कारागारमै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ।

शुक्रबार गरिएको विवरण संकलन कार्यमा कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचयपत्रका लागि विवरण संकलन गरिएको कम्प्युटर प्राविधिक बालकृष्णप्रसाद भट्टले जानकारी दिए। कारागारभित्रै ८७ कैदीबन्दी रहेका भएपनि सबैसँग आवश्यक कागजात नरहेको तथा कसैले पहिला नै बनाएकाले १७ जनाको मात्रै विवरण संकलन गरिएको जनाइएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गरेको परिपत्रअनुसार नै कारागारभित्रै कैदीबन्दीको विवरण संकलन गरिएको हो। कैदीबन्दीलाई बाहिर ल्याउँदा सुरक्षा चुनौती हुने भएकोले कारागारभित्रै टोली एर विवरण संकलनको काम गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

बैतडीमा विसं २०७७ असोज पहिलो सातादेखि राष्ट्रिय परिचय पत्र विवरण संकलनको काम सुरु भएकोमा हालसम्म ८३ हजार ३८३ जनाको विवरण संकलन भइसकेको छ। सुरुमा जिल्ला प्रशासन कार्यालयमा विवरण संकलनको काम भएको थियो भने हाल अभियानकै रुपमा वडास्तरमै उक्त कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

प्रकाशित: २५ असार २०७९ ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App