५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भन्सार छलेर सामान ल्याउने भारतीय ट्रक नियन्त्रणमा

प्रदेश नं. १ का मुख्य तथा सहायक नाकाबाट भन्सार छलेर सामान ल्याउनेलाई राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीले कडा गर्दै आएको छ। जसमा भन्सार छलेर भारतबाट नेपाल सामान ल्याउने चारवटा ट्रक नियन्त्रणमा लिइएको छ।  

पुर्वी नाका काकडभिट्टाबाट नक्कली कागजात बनाएर पर्वल, आलु र विभिन्न प्रजातिका विरुवा नेपाल ल्याउँदा राजस्व कार्यालय इटहरीले ट्रक नियन्त्रणमा लिएको हो। राजस्व अनुसन्धान एकाई कार्यालयले डब्लु बी ७३४२८१७, डुब्लु डी १९ जेट ९७२०, डुब्लु डी ३७३७३८३ र डुब्लु डी एनएलओजी ९९५२ नम्बरका गाडी नियन्त्रणमा लिएको हो।  

नियन्त्रणमा लिएकामध्ये ३ वटा ट्रकले भने नक्कली कागजात बनाएर भन्सारबाट नेपाल सामान भित्रयाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। विशेष सुचनाको आधारमा राजस्व कार्यालयले ट्रकसहित दुई हजार चार सय पर्वल, आलु ३० हजार केजी आलु र  विभिन्न प्रजाजिका १० हजार २ सय तिस वटा विरुवा नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।  

विशेषगरी, पूर्वका जोगवनी र झापाको काकडभिट्टा नाकाबाट अवैध सामान नेपाल भित्रिने गरेको छ। पछिल्लो समय काकडभिट्टा नाकाबाट बढी सामान भित्रिने गरेको राजस्व अनुसन्धान एकाई इटहरीका प्रमुख तीर्थराज खनाल बताए।  

पूर्वका मुख्य तथा सहायक नाकाबाट विशेषगरी चिनी, युरिया मल, सख्खर, कपडा, सुर्ती, गुट्खा, रजनीगन्धा जस्ता पदार्थको चोरी पैठारी हुने गरेको छ। प्रदेश नं. १ का मुख्य तथा सहायक नाकाबाट भित्रिएको सामान मधेस प्रदेशको विरगञ्जसम्म लाने गरेको अनुसन्धानबाट खुलेको छ। राजस्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरीले भारतीय सीमा नाकामा कडाई गर्ने क्रममा बेला बेलामा स्थानीयसँग विवाद समेत हुँदै आएको छ। 

प्रकाशित: २४ असार २०७९ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App