२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भारतीय नम्बरको ट्रकबाट गाँजा बरामद, २ जना पक्राउ

प्रहरीले वीरगन्जबाट २ सय ७० किलो गाँजासहित २ जना भारतीयलाई पक्राउ गरेको छ। ट्रकमा गोप्य ठाउँ बनाइ भारततर्फ लैजादे गरेको गाँजा चेकजाँचमा बरामद भएपछिसँगै रहेका २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाको ग्राम सेमरी वडा नं. ११ घर भएका बस्ने २७ वर्षीय विजेशकुमार यादव र बिहार पूर्वी चम्पारणकै पलनवा घर भएका ५० वर्षीय धर्मेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताए अनुसार वीरगन्ज महानगरपालिका २१ पर्ने परवानीपुरको बाटो हुँदै लागु औषध गाजा ओसारपसार भइरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा युपी २१ एएन ९९५७ नम्बरको ट्रकबाट २ सय ७० किलो गाजा बरामद भएको थियो।

सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरिक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले  बिहीबार बिहान साढे ८ बजे गाजासहित ट्रक बरामद गरेको कार्कीले बताए।

‘परवानीपुर सडकखण्डमा उक्त भारतीय ट्रकलाई रोकी जाँच गर्दा ट्रकको चालक बस्ने क्यावीनमा लुकाइछिपाइ राखेको अवस्थामा २७० के.जी. गाँजा फेला परेको हो,’ कार्कीले भने, ‘उल्लेखित गाँजा बरामद गरी सो ट्रकमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ।’

मकवानपुर, चितवन र धादिङ्ग जिल्लामा उत्पादित प्रतिबन्धित गाँजालाई भारततर्फ निकासी गर्न तस्कर गिरोहले वीरगन्जलाई ट्रान्जिटको रुपमा प्रयोग गर्ने गरेका छन्। प्रहरीले ओसार पसारमा संलन्ग व्यक्तिहरुलाई पक्राउ गर्ने, गाँजा बरामद गर्नेजस्ता नियन्त्रणका उपायहरु गरेको पाइन्छ। मुख्य कारोबारीहरुसम्म प्रहरी पुग्न सकेको मुद्दा न्युन छन्।

प्रकाशित: २३ असार २०७९ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App