१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

तस्करी गरी भित्र्याइएको चिनीसहित पिकअप भ्यान प्रहरी नियन्त्रणमा

भारतबाट भन्सार नै नतिरी भित्र्याइएको चिनी लोड गरेको अवस्थामा नियन्त्रणमा लिइएको पिकअप भ्यान।

कोल्हवी नगरपालिकाको धोधरपाबाट बुधबार राती चिनी लोड गरिएको पिकअप भ्यानलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार नै नतिरी ल्याइएको ४९ बोरा चिनीसहित पिकअप भ्यानलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

बाराका प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले बुधबार राती ठूलो परिमाणमा भारतबाट तस्करी गरेर भित्र्याइएको चिनी कोल्हवी बजार तर्फ जाँदै गरेको सूचना पाएको र सूचनाको अधारमा जिल्लाबाट खटाइएको प्रहरी टोलीले चिनी लोड गरिएको ना ३ च २९०६ नम्बरको पिकअप भ्यानलाई नियन्त्रणमा लिन सफल भएको बताएका छन्।

बारासँग सीमाना पर्ने रौतहटको बंकुल नाकाबाट पिकअप भ्यानमै लोड गरेर चिनीलाई भित्र्याइएको र नेपाल भित्र्याइएको भन्सार नतिरेको चिनीलाई निजगढ तर्फ लैजादै गर्दा कोल्हवीको धोधरपा क्षेत्रबाट नियन्त्रणमा लिएको देउवाले बताए।

तस्कर समूहले पिकअप भ्यान भित्र भुजाको बोरा र भुजाको बोराको मुनी भारतीय चिनीको बोरा राखेको अवस्थामा त्यसलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक देउवाले बताए। भन्सार नतिरेको मालवस्तुहरुलाई बाराको नाकाहरुबाट भित्र्याउनका कडाई गरिएको कारणले नै तस्कर समूहहरुले रौतहटको नाकाबाट तस्करीको चिनी भित्र्याएको देउवाले बताए।

प्रकाशित: २३ असार २०७९ १०:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App