२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सर्पले टोकेर बालकको ज्यान गयो

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. ९ मा सर्पले टोकेर आज एक बालकको ज्यान गएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेमबहादुर शाहीका अनुसार चन्द्रा खड्काका १४ वर्षका छोरा अनिष खड्काको सर्पले टोकेर ज्यान गएको हो। उनी राति घरमा सुतिरहेको बेला बायाँ कानमा सर्पले टोकेको बताइएको छ।

सर्पले टोकेपछि उनलाई आफन्तले उपचारका लागि टीकापुर अस्पताल पुर्‍याएका थिए। टीकापुर अस्पतालमा उपचार हुन नसकेपछि उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा रिफर गरिएको थियो। उनको भेरी अस्पतालमा उपचारकै क्रममा बिहान साढे १० बजे ज्यान गएको डिएसपी शाहीले जानकारी दिए।

प्रकाशित: २३ असार २०७९ ०९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App