१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्रोत नखुलेको साढे ८३ लाखसहित दुई जना पक्राउ

धनुषाको जनकनन्दनी गाउँपालिका-१ इनर्वा बाट सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ। 

जनकनन्दनी गाउँपालिक ५ का ३६ वर्षीय इश्वर मण्डल र १९ वर्षीय राजेश मण्डललाई ८३ लाख ६४ हजार ५ सय रुपैयाँ सहित पक्राउ गरिएको सशस्त्र प्रहरी छिन्नमस्त गण बर्दिवासले जनाएको छ।

भारतबाट आलुको बोरा लोड गरेर आइरहेको ज ७ प ५००७ नम्बरको मोटरसाइकल रोकेर तलासी गर्दा स्रोत नखुलेको उक्त रकम बरामद भएको जनाइएको छ। 

सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवाल नेतृत्वको टोलीले पक्राउ गरेको स्रोत नखुलेको रकमसहित मोटरसाइकलसंगै दुई जनालाई कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको जनाइएको छ।

फोटो- स्रोत नखुलेको रकमसहित पक्राउ मानिस। 

प्रकाशित: २१ असार २०७९ १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App