१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कपिलवस्तुमा दुर्घटनाः २ जनाको मृत्यु

फाइल तस्बिर।

कपिलवस्तुका दुई छुट्टा-छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।

जिमायादेवी गाउँपालिका ३ फुलिकास्थित बर्रोहिया पचेहरा भित्री सडक खण्डमा पकडीबाट पचेहरातर्फ जाँदै गरेको लु ७७ प ३०४६ नं. को स्कुटी र विपरीत दिशाबाट आउँदै गरेको लु २६ प ७७४५ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक वाणगंगा ४ हरिहरपुर बस्ने वर्ष ३५ को हरी बिक्रम शाहीको मृत्यु भएको हो।  

टाउकोमा गम्भीर चोट लागेका शाहीको मेडिकल कलेज भैरहवा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटी चालक रुपन्देही सिदार्थ नगरपालिका ६ बैंक कलौनी बस्ने वर्ष ५९ को पल्टन चौहान भने घाइते भएका छन्।

उनको दुबै हात, दुबै खुट्टा, टाउकोमा चोट लागेको छ। स्कुटीमा पछाडी सवार श्रीमती वर्ष ४८ की गिता चौहानको शरिरमा पनि चोट लागेको प्रहरीले जनाएको छ। दुबैको मेडिकल कलेज भैरहवा उपचार भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ।  

यस्तै यवाणगंगा नगरपालिका ७ वनगाइमा पुर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल आपसमा ठोकिन जाँदा अर्घाखाँची भूमिकास्थान ४ बस्ने वर्ष ४० को कृष्ण खत्रीको मृत्यु भएको छ। टाउकोमा चोट लागि गम्भीर घाइते भएका खत्रीको बुटवल प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित: २१ असार २०७९ ०६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App