६ चैत्र २०८० मंगलबार
समाज

बागमती नदीमा बेपत्ता भएका दुवै भारतीयको शव भेटियो

रौतहटको पर्यटकीय क्षेत्र नुनथरमा अवस्थित बागमती नदीमा शनिबार बेपत्ता भएका दुई भारतीयको शव आइतबार फेला परेको छ। नुनथरमा रहेको बागमती नदीमा नुहाउन गएका दुई भारतीयको शव घटनास्थल भन्दा करिब १५ किलोमिटर दक्षिणमा बागमती नदीकै पानीमा फेला परेको हो।

भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको सीतामढी निवासी २४ वर्षीय मयंककुमार जयसवाल र २१ वर्षीय गोलुकुमार भन्ने रितेश साहशनिवार दिउँसो पौडी खेल्ने क्रममा बाढीको भेलमा परी बेपत्ताभएकाथिए। सँगै रहेको एक जनाको उद्धार गरिएको थियो।

शनिबार बेपत्ता भएका दुवै जनाको खोजी कार्य नेपाल प्रहरी र सशस्त्र प्रहरीले शनिबारदेखि नै गरेका थिए। आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभिन्न युनिटबाट ५० भन्दा बढीको संख्यामा सुरक्षाकर्मी घटनास्थलदेखि भारतको सिमानासम्म खोजीकार्यमा जुटेका थिए।

प्रहरीको खोजी टोलीले दुवै जनालाई बागमतीको पानीमा वृन्दावन नगरपालिका १ बलेरी खोर जंगल नजिक फेला पारेका छन्। पानीमा फेला परेको दुई शवलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी अस्पताललाई पोस्टमार्टमको लागि बुझाएको छ। सीतामढीबाट आएका मृतकका आफन्तहरुको उपस्थितिमा पोस्टमार्टम गरी आवश्यक प्रक्रिया पूरा गरेर परिवारजनलाई शव बुझाइएको प्रहरीको भनाइ छ।

प्रकाशित: १९ असार २०७९ १५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App