१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौंका नगर प्रहरीद्वारा हरियो मकै बेच्ने महिलालाई लछारपछार

तस्बिर:सृष्टि काफ्लेले ट्विटरमा अपलोड गरेको भिडियोबाट।

काठमाडौं महानगरपालिकाले काठमाडौंका सडकमा हरियो मकै बेच्नेमाथि लछारपछार गरेको छ।  नगरपालिका नगर प्रहरीले हरियो मकै बेच्ने महिलालाई लछारपछार गरेका हुन्।

शुक्रबार बिहान बालुवाटारमा ठेलामा हरियाे मकै बेचिरहेकी महिलालाई महानगरका नगरप्रहरी आएर लछारपछार पारेको भिडियो सार्वजनिक भएको हो।

उक्त भिडियाे पत्रकार सृष्टि काफ्लेले ट्विटरमा राखेकी थिइन्। भिडियाेमा महिलालाई र एक पुरुषलाई नगर प्रहरीको लछारपछार गरेका छन्।

प्रकाशित: १७ असार २०७९ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App