१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सप्तकोसीमा खतराको संकेत रातो बत्ती बालियाे

सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढेपछि अहिले खतराको संकेत रातो बत्ती बालिएको छ।  बुधबार साँझ ६.३० बजेको मापन अनुसार पानीको बहाव एक लाख ७८ हजार २९५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ।  

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये २४ वटा खुल्ला गरिएको छ। यतिबेला कोशी ब्यारेजको पश्चिमतर्फ रातो बत्ती बालिएको छ। निरन्तर कोशीमा पानीको वहाब बढेपनि अहिलेसम्म खतरा भने नरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।  

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वितिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति भने खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ।  दुई लाख काटनेवितिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख काटनासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।  

कोशी व्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिनु र पछिल्ला बर्षमा पानीको वहाव चार लाखभन्दा मुनी नै रहेकाले गर्दा कुनै अनुमान लगाउन सक्ने अवस्था छैन।

२०६५ भदौ–२ गते सप्तकोसी नदीले पुर्वी तटबन्ध भत्काएको थियो। त्यतिबेला कोसी गाउँपालिकाका चारवटा वस्ती डुब्दा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका  थिए। त्यो बेला तीन महिनाको निरन्तर प्रयासपछि सप्तकोसीलाई पुरानै धारमा फर्काइएको थियो। 

प्रकाशित: १५ असार २०७९ १५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App