coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एकल महिला जनप्रतिनिधि सम्मानित

एकल महिलालाई सम्मान गर्दै त्रियुगा नगर उपप्रमुख महेश्वरी राई। तस्बिरः महेश्वर/नागरिक

यहाँका स्थानीयतह चुनावमा निर्वाचित एकल महिला जनप्रतिनिधिले सम्मान पाएका छन्। ‘मानव अधिकारका लागि महिला एकल महिला समूहले गत वैशाख ३० गतेको स्थानीयतह चुनावमा निर्वाचित एकल महिला जनप्रतिनिधिलाई सम्मान गरेको हो।  

समूहले ‘अदृष्य महिला, अदृष्य समस्याहरु’ भन्ने नाराका राथ मनाएको १२ औं अन्तराष्ट्रिय एकल महिला दिवस मनाउने क्रममा सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिलाई दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरेको हो। प्रतिकुल समयमा एकल महिलाको क्षेत्रबाट स्थानीयत चुनाव जितेर सरकार सञ्चालनमा सहभागी भएको भन्दै हौसला प्रदान गर्न उनीहरुलाई सम्मान गरेको समूहकी अध्यक्ष शोभा दहालले बताईन्।  

यो सम्मानले एकल महिला जनप्रतिधितिलाई हौसला बढ्नुका साथै जनताप्रति उत्तरदायी बन्न प्रेरणा मिल्ने समूहको ठहर रहेको उनको भनाई छ। समाजमा अझै पनि परम्परागत रितिरिवाज, चालचलन र कुसंस्कार नघटेको अवस्थमा एकल महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै उनले परिवारको घेराबार र सामाजिक संकिर्णता तोडेर अघि बढ्न खोज्ने एकलहरुलाई प्रोत्साहनको खाँचो रहेको दाहालले बताईन्। संकिर्ण सोँच र परिधिको सीमा तोडेर खुल्ला समाज र परिवेश निर्माण गर्न साहस गर्ने एकल जनप्रतिनिधिलाई यो सम्मानले सहयोग पुग्ने अपेक्षा उनको छ।

कार्यक्रममा एकल जनप्रतिनिधिलाई सम्मान गर्दै त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले एकल महिलाहरु अझै सामाजिक विभेदमा पर्दै आउनु परेको भन्दै त्यसबिरुद्ध लाग्न संगठित भएर अघि बढ्नुपर्ने बताईन्। एकल महिलाविरुद्ध हुने जुनसुकै विभेदका बिरुद्ध बोल्न आफु र नगरपालिका तयार रहेको भन्दै उनीहरुलाई समाजमा समान हैसियत दिलाउन त्रियुगा नगरपालिकाले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाईन्।

त्यसैगरी एमाले नेतृ सृजना दनुवारले अहिले पनि समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक नभईसकेको भन्दै त्यसले उनीहरुमाथि बिभेद हुने गरेको बताईन्। दनुवारले राजनीतिक चेतनास्तर उठ्दै गएपछि एकल महिलाहरु समाजमा खुल्दै जाने वातावण बन्न थालेको बताईन्। अन्य बिभिन्न वक्ताहरुले एकल महिलालाई माया र सहानुभूति मात्र नदिएर समाज अधिकार दिन पनि पछि पर्न नहुने विचार राखेका थिए।  

महिलाहरु सन्तान उत्पादन गर्ने कारखाना मात्र नभई सामाजिक र राजनीतिक नेतृत्व लिन पनि सक्षम भएको घट्नाक्रमहरुले देखाईरहेको भन्दै तर, पुरुष महिलालाई समान अवसर नभएकाले पछि परिरहनुपरेको वक्ताहरुको भनाई थियो। उनीहरले पुरुषसरह महिलालाई पनि राजनीतिक र सामाजिक अवसर समान बाँडफाँड हुनुनर्पेमा जोड दिएका थिए।  

समूहकी अध्यक्ष यो सम्मान त्रियुगा नगरपालिकामा गरिएको भन्दै अन्य सबै स्थानीयतहमा निर्वाचित एकल जनप्रतिनिधि महिलालाई पनि क्रमशः सम्मान गर्दै लाने कार्यक्रम राख्ने बताईन्। सो अवसरमा उनले त्रियुगा नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य सबैलाई बधाई दिदै कार्य सफलताको कामना गरेकी थिईन्। 

प्रकाशित: १५ असार २०७९ १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App