१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नउठी अस्ताइन् काजलकली

चितवनको सौराहामा बिरामी परेकी काजलकलीको (हात्ती) मृत्यु भएको छ। विरामी भएर ढलेको १०औं दिन आइतबार (आज) उसको मृत्यु भएको हो।  

सौराहामा सफारी पर्यटनको विकासको लागि योगदान गरेकी सो हात्तीको आइतवार अपराहन्न ३ बजेर ४० मिनेटमा प्राण गएको राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरेनरी प्राविधिक किरण रिजालले जानकारी दिए। कोषको पशु चिकित्सक डा.अमिर सढौलाले काजलकली हात्तीको मृत्यु भएको पुष्टि गरेका थिए। यसअघि काजलकली दुई पटकसम्म ढलेकी थिइ।  

सामान्यतया विरामी भएर हात्ती ढल्यो भने उठ्ने सम्भावना न्यून हुन्छ। औषधि उपाचार गरेर काजलकलीलाई दुई पटकसम्म उठाइएको थियो। तेस्रो पटक असार २ गते ढलेकी काजलकलीले अन्तत सन्सार छाडेकी छ। 

मृत्यु भएपछि उसको नेपाली सस्कार अनुसार अन्त्यष्टी गरिएको छ। काजलकलीको मृत्यु भएपछि डा.सढौलाको समुहले हात्तीको पोष्टमार्टम गरेका छन्। पोष्टमार्टममा काजलकलीका कुनैपनि रोग नदेखिएको सढौलाले जानकारी दिए। काजलकली उमेर पुगेरै मरेको हो कोषका भेटेरेनरी प्राविधिक रिजालले भने रोग केही देखिएन,कालगतीले नै हात्ती मरेको हो। 

केही वर्षअघि सौराहामा निजी स्तरमा सञ्चालित र निकुञ्जका हात्तीहरुमा क्षयरोग देखापरेको थियो। काजलकलीमा भने क्षयरोग लगायतको कुनै पनि रोग नदेखिएको रिजालले बताए। हात्तीको समान्य तया आयु ७० देखि ८० बर्ष हो। उमेर पुगेरै कजलकलीको मृत्यु भएको भेटेरेनरी प्राविधिक रिजालले बताए। ७० बर्षको सो हात्तीको विस्तारै शरिर सुक्दै गएको उसको स्याहार सुसारमा खटिएका भारतीय नागरिक मुक्तार मुन्सारीले बताए।  

काजलकलीलाई सौराहाका व्यवसायी मधुकर रेग्मीले गत भदौ महिनामा भारतीय व्यवसायीलाई विक्री गरेको हात्ती हो। सरकारले हात्ती आयत निर्यातमा रोक लगाएपछि भरत लैजाँदै गर्दा सिमानाबाट दुई पटक फर्काइएको थियो। विगत ११ महिनादेखि काजलकली सौराहाका पर्यटन व्यवसायी शिरलाल परियारको हात्तीसारमा राखेर उसलाई स्याहार सुसार गर्दै आइएको थियो।

प्रकाशित: १२ असार २०७९ १४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App