१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तीन जनाले पेस्तोल खेलाउँदा गोली चल्यो, एक घाइते, दुई जना पक्राउ

प्रहरीले घटनास्थलबाट बरामद गरेको पेस्तोल।

मधेस प्रदेशको लहान नगरपालिका–२२ बेलीजटियाही टोलमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। 

स्थानीय रविरन्द्र चौधरीको घरको मचानमा(अग्लो बाँसको छाप्रो)आइतबार विहान सुशान्त चौधरीले पेस्तोल खेलाउँदा सँगै बसेका दिलिप मुखियाको पेटमा गोली लागी घाइते भएका छन्। घाइते दिलिपलाई उपचारको लागि धरान पठाएको छ।  

इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार प्रसाद मैनालीका अनुसार प्रहरीका अनुसार बिहान ८ बजे लहान अस्पतालबाट गोली लागेर घाइते भइ उपचारका लागि आएको खबर गरेपछि घटनाबारे जानकारी पाएको बताए। १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया तिनै जना साथीहरु पेस्तोल खेलाउँदै गर्दा ट्रिगर दाबिएर गोली चलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।  

गोली चलेको खबर पाएलगत्तै डिएसपी मैनाली घटनास्थल पुगेर सुशान्त र सुरजलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल १ थान, म्यागजीन लोड भएको स्वचालित पेस्तोल एक थान। ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन १ थान, गोलीको खोखा एक थान बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार घटनामा संलग्नहरु लागुऔषध कारोवारमा संलग्न छन्।

प्रकाशित: १२ असार २०७९ ०९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App