१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ललितपुरमा आजदेखि पानीपुरी चटपट बेच्न नपाइने

हैजा फैलिन सक्ने भन्दै ललितपुर महानगरपालिकाले सडक पेटी र खुला ठाँउमा पानीपुरी र चटपटे बेच्न रोक लगाएको छ। 

महानगरपालिकाका महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार हैजा फैलिनसक्ने संभावित स्रोतहरुकारुपमा हाललाई पानीपुरी र चटपटे रोक लगाएको जानकारी दिए।

उनले पानीपुरी र चट्पटे मात्र नभई दूषित पानीका सबै स्रोतहरुमा प्रतिबन्ध लगाउने जानकारी दिए। हाछेथुले नागरिकन्यूजसँग भने, 'स्वास्थ्य मन्त्रालयले उमालेको पानी खानु भनिरहेको छ। सडकमा बेच्ने पानीपुरी र चट्पटेमा उमालेको पानी हाल्दैन। खुला ठाँउमा हुन्छ। त्यसैमा फोहोर नउठेको ठाँउमा झन जोखिम बढि छ। त्यसैले अहिलेलाई रोक लगाएका छौं।'

उनले सबै किसिमका खानेकुरा खुला र फोहोर ठाँउमा बेच्न नपाउने गरी रोक लगाउने जानकारी पनि दिए। हाछेथुका अनुसार ललितपुर महानगरभित्र बढीमा २०/२५ ठाँउमा मात्र खुला ठाँउमा पानीपुरी बेचिन्छ। यो बाहेक सडक र पेटीमा खुला ठाँउमा खानेकुरा बेच्नेहरु पनि धेरै छन्। ती सबैमा रोक लगाउने तयारी गरिएको छ।

उनका अनुसार पानी दूषित हुन्छ। पानीपुरी बेच्ने व्यक्तिले आफ्नो सरसफाईमा पनि त्यत्तिकै ख्याल गरेको हुदैन। हाछेथुले भने,'हैजाका जिवाणु देखिरहेका बेला यस्ता खानेकुरा मानविय स्वास्थ्यका लागि निकै जोखिमपूर्ण छ।  यीनै मुद्दालाई मध्यनगर राखेर हामीले सडकमा बेचिने खानेकुराहरुमा प्रतिबन्ध लगाएका हौं।'

अहिलेसम्म काठमाडौंमा चार जना व्यक्तिमा हैंजा जिवाणु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौको बाघबजार क्षेत्रमा हैजाका पहिलो बिरामी देखिएको बताइएको छ।

प्रकाशित: १२ असार २०७९ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App