६ वैशाख २०८१ बिहीबार
समाज

गाँजासहित एक जना पक्राउ

मोरङ बुढीगंगा गाउँपालिका–६ बाट प्रहरीले शनिबार साँझमा ८ केजी गाँजासहित १ जनालाई पक्राउ गरेको छ।

लागुऔषध गाँजासहित सुन्दरहरैँचा नगरपालिका–३ का ४३ वर्षीय नेत्रबहादुर भट्टराईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । इलाका प्रहरी कार्यालय नेमुवाको टोलीले गाँजासहित भट्टराईलाई पक्राउ गरेको हो। 

को १४ प ८९६० नम्बरको मोटरसाइकलाई शंका लागी नियन्त्रणमा लिएर चेकजाँच गर्दा ८ केजी गाँजा बरामद गरेको हो । पक्राउ परेका भट्टराईलाई लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ असार २०७९ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App