१४ फाल्गुन २०८० सोमबार
समाज

को हुन् यौनिक अल्पसंख्यक?

‘सेक्सप्लोरेसन’ एपिसोड-४

सामान्यतया कोही व्यक्ति शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाका रूपमा मान्छ या कोही शारीरिक रूपमा महिलाका रूपमा जन्मिएर पनि भावनात्मक र अन्य हिसाबमा आफूलाई पुरुष ठान्छ भने उनीहरु लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय भित्र पर्दछन्।  

शरीर एक र आत्मा अर्को भएर जन्मनुमा न त उनीहरुको दोष हुन्छ न त उनीहरुको अविभावकको। फरक खालको यौन अभिमुखीकरण र लैङ्गिक पहिचान भएका कारण यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरुमाथि विभिन्न लान्छना र अमानवीय व्यवहार हुने गरेको छ। हाम्रो समाजले अहिले पनि यो समुदायलाई स्वीकार गर्न सकेको छैन।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्नाले लेस्बियन (महिला समलिङ्गी), गे (पुरुष समलिङ्गी), बाइसेक्सुअल (उभयलिङ्गी), ट्रान्सजेन्डर (पारालिङ्गी पुरुष/महिला), इन्टरसेक्स (अन्तरलिङ्गी), असेक्सुअल (प्रत्यक्ष लिङ्ग वा लैङ्गिक इन्द्रिय नभएको) आदि समुदाय पर्दछन्। जसलाई छोटकरीमा ‘एलजिबिटिआइक्युए’ भनिन्छ।  

यो समुदाय खासगरी लैङ्गिक पहिचानसहितको जन्म दर्ता, नागरिकता तथा राहदानी, विवाह र प्रमाणपत्रको समस्याबाट पीडित छ। नागरिकतालाई सबै अधिकार प्राप्तिको अधिकार मानिन्छ तर यही चिजबाट वञ्चित हुनुले उनीहरू धेरै पीडा सहन बाध्य भएको क्रुज एड्स नेपालकी अध्यक्ष तथा ट्रान्जेण्डर महिला रुविना तामाङ बताउँछिन्। आफ्नो लैङ्गिक पहिचानको संघर्षमा धेरै अगाडि बढिसकेपनि अझै आफ्नो परिवारले साथ नदिएको उनि सुनाउँछिन्।‘ पितृसत्तात्मक सोच भएको व्यक्तिहरुमाझ हुर्कँदा मेलै धेरै कुरा भोग्नु परेको छ। शरिर पुरुषको तर आत्मा र भावना महिलाको भएपछि मेलै महिलाको पहिरन लगाँउदा मेरो आयु छोटो हुन्छ भन्ने जस्ता कुरा पनि सुन्नु पर्‍यो’।  

यस्तै क्वियर युवा समूहका सह–सदस्य, सफल लामा अपाङ्गताका हुनुका साथै यौनिक अल्पसंख्यक समुदाय भित्र पर्दछन्। आफूमा एकै पटक दुई किसिमको समयस्या भएकाले परिवार र समाजले स्विकार गर्न नसकेको र यौनिक अल्पसंख्यक समुदायमा पनि आफ्नो विषयमा बुझाउन धेरै समय लागेको उनि बताउँछन्। उनी भन्छन्,‘सबैलाई बुझाउन समय लागेपनि आफू जे हो, त्यही भएर खुलेर बाँच्न पाउनु चाहि उपलब्धि हो।  

यस समुदायका व्यक्तिहरुलाई पहिचान मात्र नभए रोजगारीको पनि सहज उपलब्धता हुनुपर्ने उनले जोड दिएका छन्। ‘यो समुदायमा ईन्जिनियर, डाक्टर पढेका पनि छन्, तर उनीहरुको लैङ्गिक पहिचानको कारणले उनीहरुले रोजगारी पाएका छैनन्। यस समुदायको विषयमा विद्यालय स्थतरको पाठ्यक्रममा समावेश गराई चेतना बढाउने हो भने मात्र यो समुदायलाई हेर्ने र बुझ्ने तरिकारमा परिवर्तन आउन सक्छ,' उनले भने।  

कुनैपनि बालक जन्मदा पहिलानै उसको लिङ्ग पुरुष वा महिलाको भनेर छुट्याईन्छ, तर त्यो बच्चा हुर्किँदै गएपछि उसको लिङ्ग परिर्वतन हुन सक्छ, जसको विषयको कुनैपनि परिवार अनविज्ञ हुन सक्छ। त्यसैले कसको घरमा कुन लिङ्गका साथ कस्तो बच्चा जन्मन्छ भन्ने विषय कसैलाई पनि थाहा नहुने भएकाले यस समुदायका मानिसहरु प्रतिको दृष्टिकोण परिर्वतन गर्न आवश्यक रहेको रुविना लामा बताँउछिन्।  

नेपालको संविधानले धारा १२ नागरिकताको हक, धारा १८ समानताको हक र धारा ४२ सामाजिक न्यायको हकमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको हक सुरक्षित गरेको छ। संविधानको धारा ३५(४) मा समावेशी र समानुपातिक सहभागिताको विषय उल्लेख छ।

यो पनि पढ्नुहोस्

लैङ्गिक पहिचानसहितको प्रमाण खोज्नु मेरो शरीरमाथि राज्यको हस्तक्षेपः भूमिका श्रेष्ठ

यो पनि पढ्नुहोस्

समाजले यी ‘अन्य’ लाई किन स्वीकार्न सक्दैन?

यो पनि पढ्नुहोस्

‘सबै लिङ्गका व्यक्तिलाई सम्बोधन हुने गरी कानुन निर्माण हुनुपर्छ’

२०७९ को नीति तथा कार्यक्रमले पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यकको विषय समावेश गरिएको छ। जसमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको हित संरक्षण र समस्या सम्बोधन गर्न प्रदेश र स्थानीय तहको सहकार्यमा जिल्ला स्तरमा समन्वय एकाइ प्रबन्ध गर्ने भनिएको छ। यस्तो एकाइले लैङ्गिक तथा यौनिक अल्पसंख्यकसहित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको हित संरक्षण र समस्या सम्बोधन गर्ने उल्लेख छ।  

नेपालको नीति तथा कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा राखिएको यस्तो व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन भएमा यस समुदायमा लामो समयदेखि बिभिन्न पीडा भोग्दै आएका मानिसहरुलाई केही राहत मिल्ने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित: ११ असार २०७९ ०५:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App