१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जीप दुर्घटना हुँदा १ जनाको मृत्यु ४ जना घाइते

जल तथा मौसम विज्ञान कार्यालयको दुर्घटनाग्रस्त जीप। तस्विर: गोविन्द /नागरिक

सुर्खेत–दैलेख सडक खण्ड अन्र्तगत वीरेन्द्रनगर पालिका–७ स्थित कपासे नजिक जल तथा मौसम विज्ञान कार्यालयको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बा१झ ८७८४  नम्वरको बोलेरो जीप ओरालोमा मोडबाट २० मिटर तल खसेको हो।  

दुर्घटनास्थलमै एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन्। त्यस्तै घाइते हुनेहरुमा तुर्माखाद –२ अछामका २७ बर्षिया तुलसी रावल विसी, सोही ठाउँकी ३ वर्षया दिदिसा बुढा, कोहलपुर नगर पालिका –२ का ३१ वर्षिय भोजबहादुर घले,  टिकापुर नगरपालिका –२ कैलालीका २७ बर्षिया सरस्वती विष्ट रहेको शसस्त्र प्रहरीको रक्तकाली गणका गणपती (एसपी) विमल डाँगीले बताए।

वीरेन्द्रनगर –१४ मा रातानाङ्गला रहेको मौसमी राडर मर्मत सकेर फर्कँदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको प्राविधिक टोली गाडी दुर्घटना परेको हो। घाइतेहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ असार २०७९ १२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App