२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

मुआब्जा माग्दै विमानस्थल प्रवेशद्वारमा धर्ना

मंगलबार विराटनगर विमानस्थल प्रवेशद्धारमा धर्ना दिंदै स्थानिय। तस्बिरः चुमन बस्नेत/नागरिक

विमानस्थल पीडित सघर्ष समितिले दोस्रो चरणको आन्दोलन सुरू गरेको छ। विमानस्थल विस्तारका लागि सरकारले रोक्का गरेको जग्गाको मुआब्जा माग्दै विमानस्थल पीडित संघर्ष समितिले दोस्रो चरणको आन्दोलन थालेको हो।  

मंगलबार पीडितहरूले विमानस्थल प्रवेशद्वारमा धर्ना दिएर दोस्रोचरणको आन्दोलन थालेका हुन्। क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अधिग्रहणका लागि भनेर करिब दुई वर्षदेखि सरकारले विराटनगर विमानस्थल आसपासको १ सय २६ बिघा जग्गा रोक्का राखेको थियो। तर, सरकारले मुआब्जाका लागि बजेटसम्म नछुट्याएका कारण स्थानियले संघर्षसमिति गठन गरेर आन्दोलन सुरू गरेका हुन्। 

‘कि मुआब्जा देऊ, कि रोक्का गरेको जग्गा फुकुवा गरिदेऊ’ भन्दै समितिले जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीको कार्यालयलाई ७ दिनको अल्टिमेटम दिएको थियो।  अल्टिमेटम सोमवार पूरा भएको थियो। विमानस्थल प्रवेशद्वारमा धर्ना पछि संघर्ष समतिले चरणबद्ध आन्दोलनको घोषणा पनि गरेको छ। समितिका अध्यक्ष वेदराज पौडेलका अनुसार समितिले असार १० गते जिल्ला प्रशासन कार्यालयअगाडि जग्गा प्राप्ति ऐन, २०३४ जलाउने र ऐन परिमार्जनका लागि सरकारलाई दबाब दिने कार्यक्रम राखेको छ। 

त्यस्तै  असार ११ गते  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको पुत्ला दहन, प्रमुख राजनीतिक दलहरूलाई आन्दोलनप्रति समर्थन र अपनत्व ग्रहणका निम्ति पत्राचार तथा शीर्ष नेताहरूसँग अन्तरक्रियाको कार्यक्रम राखेको पौडेलले जानकारी दिए। उनले मुआब्जा नदिए जग्ग फुकुवा गर्नुपर्ने आफूहरूको माग वेवास्था गरे कडा संघर्षमा उत्रने चेतावनी दिए। जग्गा रोकका हुँदा आफूहरूले वेचविखन गर्न, अंश बण्डा गर्न र धितो राखेर ऋणसमेत लिन नपाएको उनको गुनासो छ।

प्रकाशित: ७ असार २०७९ १५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App