सरकारले राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।
यसअघिका अध्यक्ष हरिहर अधिकारी 'श्यामल' को चारवर्षे कार्यकाल पूरा भएपछि उक्त पद खालि रहेको थियो। नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्।
प्रकाशित: ६ असार २०७९ १५:४२ सोमबार