३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

कानुनमन्त्री स्वर्गीय पत्रकार डेकेन्द्रको घर पुग्दा भावुक

स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाकी आमासंग भेट्दै मन्त्री बन्दी। तस्विर: गोविन्द/नागरिक

द्वन्द्वको बेला तत्कालिन विद्रोही माओवादीबाट मारिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको आमालाई भेट्न नेपाल सरकारका कानुन, न्याय तथा संसदिय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोईराला (बन्दी) घरमै पुगेका छन्। 

घरमा पुग्दा डेकेन्द्रराज थापाको आमा गंगादेवी थापा छोराको सम्झानाले भावुक बनिन्। छोराको सहपाटी मन्त्री भएर घरमै आउँदा डेकेन्द्रलाई सम्झेर भावुक भएकी हुन्। आमासंगै मन्त्री बन्दी पनि भावुक भएका थिए। विगतका सम्झनाहरुले मन्त्रीहरु पनि भावुक भएका हुन्।

 दैलेख आएका बेला मन्त्री गोविन्द बन्दी डेकेन्द्रको घरमा पुगेर आमासहित परिवारलाई भेटेका थिए। गोविन्दलाई भेटेर आफ्नो छोराको झल्को आएको गंगादेवी थापाले बताईन्। ‘जिल्लामा आउदा गोविन्दले मलाई भेट्छन्।’ पत्रकार डेकेन्द्र आमा गंगादेवीले भनिन्, आज देशकै गहना रुपमा कहलिएको देख्दा खुसी लाग्छ।’ द्वन्द्वका बेला भएका घटनामा न्याय पाउन नसकेकाहरुलाई न्याय दिलाउन पहल गर्न मन्त्री बन्दीलाई गंगादेवीले आग्रह गरिन्। डेकेन्द्र हत्या मुद्दामा वकालत गरेर मन्त्री गोविन्द बन्दीले परिवारलाई न्याय दिलाएका थिए। स्वर्गीय पत्रकार डेकेन्द्रराज थापासंगै जिल्लामा मन्त्री गोविन्द बन्दी सामाजिक कार्यमा अग्रसर थिए।  

मन्त्री बन्दीलाई जिल्लामा सम्मान

कानुन, न्याय तथा संसदिय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोईराला (बन्दी) लाई गृह जिल्ला दैलेखमा भब्य सम्मान गरिएको छ। उनलाई दैलेख सदरमुकाममा भब्य स्वागत र सम्मान गरिएको हो। सदरमुकाममा हिडेरै कार्यक्रम स्थल गएका थिए। आफन्त, साथीभाई तथा स्थानीयहरुले घरघरबाट उनलाई सम्मान गरेका थिए। 

त्रिभुवन मावी नयाँबजारका पूर्व विद्यार्थी एकता मञ्चले जिल्ला समन्वय समितिको हलमा भब्य कार्यक्रम गरि सम्मान गरेको छ। त्रिभुवन मावीको पूर्व विद्यार्थी तथा जिल्लाबाट उच्च ओहदामा पुगेका पहिलो ब्यक्ति भएकाले स्वागत तथा सम्मान गरिएको मञ्चका अध्यक्ष अभिषेक अनुरागले बताए। सम्मान कार्यक्रममा कार्यालय प्रमुखहरु, विद्यार्थीहरु, स्थानीयबासीहरु, पूर्व विद्यार्थीहरु सहभागी थिए। त्यस्तै नारायण नगरपालिका, जिल्ला समन्वय समिति, दैलेख उद्योग बाणिज्य संघले पनि मन्त्री बन्दीलाई सम्मान गरेको थियो।

गृह जिल्लामा स्थानीयहरुले मन्त्री बन्दीलाई सम्मान गर्दै। 

प्रकाशित: ६ असार २०७९ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App