४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

अख्तियारसँग बढ्दो जनगुनासो: उजुरी लिने, कारबाही नहुने आशंका

बडीमालिका नगरपालिकाको सभा हलमा आयोजित अन्र्तक्रिया। तस्बिर: कृष्ण/नागरिक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाही प्रति नागरिकको तीव्र असन्तुष्टी देखिएको छ। आयोगको प्रादेशीक कार्यालय कंचनपुरले बाजुरामा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले अख्तियारको काम कारबाही सन्तोषजनक नभएको र पूर्वाग्रही भएको आरोप समेत लगाएका छन्।

आयोगले सोमबार बाजुरामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियारको भूमिका विषयक अन्र्तक्रिया आयोजना गरेको छ। उजुरी दर्ता भएपनि खोज अनुसन्धान फिलतो र आर्थिक चलखेलमा प्रभावित हुने गरेको आरोप स्थानीयको छ। बडीमालिका ४ का वडा अध्यक्ष अर्जुन नाथले आयोग र अडिटरलाई नै पैसा बुझाउनु पर्छ भनेर खुलेआम डिल हुने गरेको आरोप समेत लगाएका छन्।

बाजुराबाट गएको वर्ष ३६ वटा उजुरी अख्तियारमा परेका छन्। तर ती मध्ये २० वटा फर्छ्यौट हुन बाँकी छन्। उजुरी परेका अधिकांश योजनाको अनुसन्धान नै नभइ बीचमै मिलोमतोमा टुंगिने गरेको सम्म पनि नागरिकले अख्तियारको टिमलाई औपचारिक कार्यक्रममै आक्रोश पोखेका छन्।

समयमा काम हुदैन्, खुलेआम योजनाको कमिसन लिएको अवस्था छ। प्रमाण सहीत दिएका उजुरीमा समेत कारवाही नहुने भएपछि अख्तियार प्रति जनविश्वास नै घटेको बाजुरा पत्रकार महासंघ बाजुराका पूर्व अध्यक्ष मदनराज जैशीले बताएका छन्। उजुरी परेको र केही उजुरीको अनुसन्धान भएको सुनिएपनि कारवाही भएको उदारण नै छैन्, जैशीले थप्नु भयो।

सरकारी कर्मचारीले नै अख्तियारको भूमिका प्रति आशंका व्यक्त गरेका छन्। उजुरी माथिको गहिरो अनुसन्धान नहुनु नै दुखत विषय हो। स्वतन्त्र र स्वायत्त निकायले आफ्नो संयन्त्र मार्फत नै अनुसन्धान र अध्ययनका लागि जिल्लामा नै संरचना निर्माण गरिनु पर्ने सुझाव शिक्षा विकास समन्वय इकाइ प्रमुख हर्कबहादुर सिंहको छ।

अन्र्तक्रियामा रेडक्रम बाजुराका सभापति रमबहादुर शाहीले महाभारत बुझ्न सजिलो छ, अख्तियार बुझ्न गाह्रो भनेर ब्याङग्य समेत गरेका छन्। बाजुराबाट परेका उजुरीको हालसम्म कारवाही भएको र दोषिले कारवाही भोगेको उदारण नै नभएकोले जस्ले जे गरेपनि हुन्छ, भन्ने मानसिकता बढेको यहाँका नागरिकको गुनासो छ।  

उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले अख्तियारले विश्वास बढाउने र राज्य र जनता माथि नै ठगी गर्ने माथि दण्डा लगाउन सुझाव दिएका छन्। बाजुराका नौ वटा पालिका मध्ये गौमुलमा एउटा पनि उजुरी परेको छैन्।  

सबैभन्दा बढी बडीमालिका नगरपालिकामा १३ वटा उजुरी परेका छन्। ती मध्ये ४ वटा फर्छ्यौट हुन बाँकी छन्। हिमाली गाउँपालिकामामा पनि ४ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कंचनपुरका शाखा अधिकृत चन्द्र कान्त बस्नेतले बताएका छन्।  

यस्तै गएको आर्थिक वर्षमा त्रिवेणीमा २, बुढीगंगामा ३, बुढीनन्दा, जगन्नाथ र स्वामिकात्र्तिक खापरमा २ र खप्तड छेडेदह गाउँपालिकामा १ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेका छन्। उजुरी माथि अनुसन्धान र छानवीन भइरहेको आयोगका उपसचिव भूमिनन्द खनालले बताएका छन्।

उपसचिव खनाल र शाखा अधिकृत चन्द्रकान्त बस्नेतले अन्र्तक्रियाको सहजिकरण गरेका हुन्। अख्तियार प्रति अविश्वास र शंका पैदा हुन नदिनका लागि सबैले नैतिकता र इमान्दारीतामा काम गर्नु पर्ने सुझाव आयोग कंचनपुर कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङको छ।  

सुदूरपश्चिमको अवस्था हेर्दा सबैभन्दा कम बाजुरामा उजुरी छन्। भने सबैभन्दा बढी कैलालीमा छन्। सुदूरपश्चिमका नौ वटा जिल्लामा मात्र ८३३ वटा उजुरी फछर््यौट हुन बाँकी रहेको अवस्था छ। बाजुरामा उजुरी कम देखिएपनि भ्रष्टाचार र अख्तियार दुरुपयोग भएका घटना धेरै हुन सक्ने आयोगको ठहर छ।  

सबै घटनाहरु उजुरीसम्म पुग्दैनन्, बीचमै मिलोमतो हुन्छन्, सिडिओ हुँदा र अख्तियार कार्यालय प्रमुख हुँदा यस्ता उदारण आफूले भेटेको र भोगेको आयोग कंचनपुर कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङको छ।  

घटना लुकाउन स्वयम व्यक्तिको मात्र नभई प्रहरी, प्रशासन, पत्रकार, व्यापारी सबैको सेटिग हुने उदारण भेटिएकोले त्यसको पहिलो उपचार प्रत्येक नागरिक नैतिक, इमान्दार र चरित्रवाला हुनु पर्ने हुन्छ, यदी व्यक्ति इमान्दार नभए भ्रष्टाचार रोकिदैन्,कुरुम्वाङले भन्नु भयो।

बडीमालिकामा नगर उपप्रमुख नन्दा थापाले भ्रष्टाचार खाना खानृे होटल देखि नै सुरु हुने भएकोले सबैले जिम्मेवार र सचेत हुनु पर्ने सुझाव दिएकी छन्। देशभरी २०७७।७८ मा २२ हजार ६ सय २५ उजुरी परेका छन्। ती मध्ये अनुसन्धान पछि मुद्दा दर्ता प्रक्रियामा १ सय १४ वटा मात्र पुगेका छन्।

कार्यालय प्रमुख देखि जनप्रतिनिधी सेवा लिने दिने सबै निकाय जिम्मेवार र सचेत भए भ्रष्टाचारको समस्या नै नहुने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन्। बडीमालिका नगरपालिका प्रमुख अमर खड्काले भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरिने पर्ने धारणा राखेका छन्। समाजमा नैतिक र इमान्दार मान्छे भेटिनै मुस्कीन भएकोमा चिन्ता व्यक्त गरेका छन्।

बडीमालिका नगरपालिकामा आयोजित कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालय प्रमुख, जनप्रतिनिधी, पत्रकार सहीत नागरिक समाजका अगुवाहरु सहभागि थिए। सहभागिले जनताको विश्वास बढाउन काम गर्न र सोही अनुरुपको कार्यसम्पादन गर्न सुझाव दिएका छन्।

प्रकाशित: ६ असार २०७९ १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App